१६ चैत २०८२

समाचार

पोलिथनबाट पेट्रोल निकाल्न स्थानीय तहले चासो दिएनन्

काठमाडौँ, ७ मङ्सिर,,   पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल...बाँकी अंश →


वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

दमौली, ७ मङ्सिर,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो । उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार...बाँकी अंश →


बस दुर्घटनामा घाइते थप दुईको मृत्यु

लहान, ७ मङ्सिर ,,   पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । पछिल्लो पटक आज बिहान घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

काठमाडौँ, ७ मङ्सिर,,   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताउनुभयो । “महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल...बाँकी अंश →


कभर्ड हल निर्माण अलपत्र

भोजपुर, ७ मङ्सिर,,   जिल्ला सदरमुकममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ । निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ ।रु २५ लाखको लागतमा निर्माण...बाँकी अंश →


सामा पर्व सम्पन्न

बर्दिवास, ७ मङ्सिर,,   महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ । द्वापर युगका पौराणिक पात्र सामा चकेवा ९श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर० को अमर प्रेमको सम्झनामा यस पर्वमा खेलिने खेल कात्तिक शुक्ल पञ्चमीदेखि शुरु भएर पूर्णिमाका दिन समापन गरिने परम्पराअनुसार बिहीबार राति सम्पन्न गरिएको हो...बाँकी अंश →


घर जल्दा रु ७ लाखको क्षति

तेह्रथुम, ७ मङ्सिर ,,   म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित...बाँकी अंश →


चिसोले कठ्याङ्ग्रिएर भारतीय महिलाको मृत्यु

तनहुँ, ६ मङ्सिर ,,   चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा...बाँकी अंश →


गृहमन्त्री थापाद्वारा एक महीने अभियान शुभारम्भ

भक्तपुर, ६ मङ्सिर ,,   आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का...बाँकी अंश →


कृष्णानगर मा मोहम्मद पैगम्बर को जन्मदिन धुम धाम का साथ मनाइयो

कपिलबस्तु मंसिर ५ ,,  कृष्णनगर मा इस्लाम धर्मका प्रवतर्क हजरत मोहम्मद पैगम्बर को १४९३औं जन्म दिनको अवसरमा कृष्णनगर न.पा.वडा नं.२मा रहेको अन्जुमन पासवाने अहले सुन्नतले पुरै कृष्णनगर बाजार भित्रा शान्तिपूर्ण रुपले पैदल यात्रा कार्यक्रम को अयोजना गर्नु भयेका थिए यो कार्यक्रममा मुस्लिम धर्मको धर्मगुरु,नवयुवक लगायतहरु एकत्रीत भई आफ्नो देश र इस्लामिक...बाँकी अंश →


मुस्लिम समुदायहरुले नेपाल सरकारको बिरोध गर्दै हजरत मुहम्मद ﷺ १४९३ आँै जन्मउत्सव हार्सौउल्लास का साथ कपिलवस्तु मा मनाएका छन । बिदा कटौति गरेकोमा जिल्ला प्रमुख अधिकारी अर्जुन पोख्रेल मार्फत नेपाल सरकारलाई ज्ञयापन पत्र

इमरानखान कपिलवस्तु ५मंसिर । ईस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सव देश भरि ¥यालि निकाली धुमधामका साथमनाउदै छन । त्यसतै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिमहरुले ¥यालि निकाली हार्सौउल्लास का साथ हजरत...बाँकी अंश →


अबैध बालुवा सहित ट्रेक्टर पक्राउ

कपिलबस्तु मंसिर ५ कपिलबस्तु जिल्लाको विजयनगर गाउपालिका अन्तरगत पर्ने ईलाका प्रहरी कार्यलय गणेशपुर बाट प्र.ना.नि.जेद बहादूर काउछा को कमान्डमा खटिएको सिभिल गस्ती टोली राति २बजेको समयमा कृष्णनगर न.पा.वडा नं.१०औरहवा गाउनजिक सुरही खोला र पथरदेइया गाउनजिक सुरही खोला बाट अबैध बलुवा झिक्दै क्रममा तीनवटा टेक्ट्रर टाली र मान्छे लाई समातिएको जानकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter