आइतबार, ३० बैशाख २०८१

मुस्लिम समुदायहरुले नेपाल सरकारको बिरोध गर्दै हजरत मुहम्मद ﷺ १४९३ आँै जन्मउत्सव हार्सौउल्लास का साथ कपिलवस्तु मा मनाएका छन । बिदा कटौति गरेकोमा जिल्ला प्रमुख अधिकारी अर्जुन पोख्रेल मार्फत नेपाल सरकारलाई ज्ञयापन पत्र

इमरान खान

५ मंसिर २०७५, बुधबार २१:५८ मा प्रकाशित

इमरानखान
कपिलवस्तु ५मंसिर । ईस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सव देश भरि ¥यालि निकाली धुमधामका साथमनाउदै छन । त्यसतै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिमहरुले ¥यालि निकाली हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३आँै जन्म उत्सव मनाएका छन । नेपालको राष्टिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको ¥याली कपिलवस्तु जिल्लाको कृष्णनगर , चन्द्रौटा, पकडी लगायातका बिभिन्न ठाँउ ठाँउमा आज परिक्रमा गरेका छन । त्यसतै गरि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौ भन्दा बढि मुस्लिमहरुले ¥यालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको थियो । स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत ¥याली निकालीएको थिए । इस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्लअव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३औँ जन्मउत्सव शदियौ देखि मनाइउदै आईरहेका छन । हजरत मौलाना अलि हसन निजामि ले बताए । जब देखि नेपालमा लोकतन्त्रको स्थापना भयो देश धर्मनिरपेक्ष भयो तब देखि नै नेपाल सरकारले ( मोहम्मद डे ) मुस्लिमधर्मालम्बीको १२ रब्बिअवलको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा अहिलेको सरकारले यो बिदा कटौती गरेरा मुस्लिम समुदायहरुलाई अक्रोसित बनाएका छन । नेपाल सरकारले मंसिर ५ गते बुधवार ( मोहम्मद डे ) मुस्लिमधर्मालम्बीको १२ रब्बिअवलको अवसरमा सार्वजनिक विदा कटिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरुले नेपाल सरकार प्रति अक्रोशितभएका छन । त्यसतै गरी आज मदरसा अहले सुन्नत नइमुल वलुम लगायतका कपिलवस्तु का मुस्लिम समुदायहरुले जिल्ला प्रमुख अधिकारी अजृुन पोख्रेल मार्फत नेपाल सरकार लाई ज्ञयापन पत्र समेत बुझाएका छन । यस सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद), पैगम्बर मोहम्मद स.बो जन्म जयन्ती ( १२ रबि—उल—अव्वल), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुटटै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले उक्त बिदाहरु संघिय सरकार र प्रादेशिक सरकार द्धारा सार्वजनिक सुचिमा राखी समाबेश गरी भन्ने माग सहित ज्ञयापन पञ बुझाएका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter