शनिबार, २९ बैशाख २०८१

कृष्णानगर मा मोहम्मद पैगम्बर को जन्मदिन धुम धाम का साथ मनाइयो

अजय मिश्र

५ मंसिर २०७५, बुधबार २२:०५ मा प्रकाशित
कपिलबस्तु मंसिर ५ ,,  कृष्णनगर मा इस्लाम धर्मका प्रवतर्क हजरत मोहम्मद पैगम्बर को १४९३औं जन्म दिनको अवसरमा कृष्णनगर न.पा.वडा नं.२मा रहेको अन्जुमन पासवाने अहले सुन्नतले पुरै कृष्णनगर बाजार भित्रा शान्तिपूर्ण रुपले पैदल यात्रा कार्यक्रम को अयोजना गर्नु भयेका थिए यो कार्यक्रममा मुस्लिम धर्मको धर्मगुरु,नवयुवक लगायतहरु एकत्रीत भई आफ्नो देश र इस्लामिक झण्डा लिए बाजा गाजा का साथ पुरै कृष्णनगर बाजार भित्र घुम्ने र एक अर्का लाई पानी र मीठो पकवान पनि खुवाएका  छन्।
हजरत मोहम्मद को जन्म इस्लामि पात्रो हिजरी सम्बत को १२रब्बीअब्वल महिनामा साऊदी अरबको मक्कामा बिबी अमिना को काखबाट भएको बताईन्छ उनको स्वर्गबास ६३बर्ष को उमेरमा साऊदी कै मदीनामा भयेको थियो मोहम्मद को जन्मदिन मा बिभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणी को स्मरण गर्ने गरिन्छ।
आज यो कार्यक्रम सफल बनाउनको लाई ई.प्र.का कृष्णनगर र सशस्त्र प्रहरी बल कृष्णनगर को धेरै प्रयास र मेहनतले कार्यक्रम पनि सफल र शान्ति पूर्ण सम्पन्न भयो।
यो.कार्यक्रममा अन्जुमन पासवाने अहले सुन्नत का अध्यक्ष निसार फारुकी,मदरसा जामिया ईस्लामिया नाईमिया का अध्यक्ष अब्दुल कलाम,अकिल मिया,मोहम्मद सलिम,अब्दुल रहमान,अकरम पठान,आसिफ खान,मोहम्मद अली, हैदर अली,जैस मोहम्मद मौलाना अकील,लगायत नवयुवकहरुको सहयोग र मेहनत ले यो कार्यक्रम सफल भयेको जानकारी निसार फारुकी ले दिएका छन्।
साथै अन्जुमन पासवाने अहले सुन्नत ले आफ्नो पुरै परिवार को तरफ ले ई.प्र.का.कृष्णनगर निरीक्षक सूर्य बोग्टी र सशस्त्र प्रहरी बल का डि.एस.पी.मनोज कुमार धिताल लगायत प्रहरी जवानहरुले मेहनत गरी शुरक्षा दिनको लागि धेरै धेरै धन्यवाद पनि दिएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter