०६ पुष २०८२

समाचार

भर्ना नगर्न र अनलाइन कक्षाका नाममा रकम नअसुल्न विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देश

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवी रुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिँदै आएको...बाँकी अंश →


काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस, कम प्रभावित हिमाली तथा पहाडी जिल्लामा भने खुकुलो गरिने

काठमाडौँ- कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको  सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ। देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने...बाँकी अंश →


वैशाख २५ गतेदेखि लकडाउनको मोडालिटी बदल्ने प्रधानमन्त्रीको प्रस्ताव, सीमा नाका र उडान भने बन्दै रहने

काठमाडौँ– सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ। जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउनेबारे छलफल  चलिरहेको एक मन्त्रीले जानकारी दिए। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...बाँकी अंश →


नेपालगञ्जमा थप नौजना र बीरगंजमा एक कोरोना भाइरस संक्रमित, संख्या ६९ पुग्यो

२१ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु...बाँकी अंश →


लकडाउनको समयमा समेत जघन्य अपराधको घटना रोकिएको छैन

पर्सा :   पर्साको कालिकामाई गाउपालिकामा गैराती १४ बर्षीय एक किशोरीलाइ जबरदस्ती करणी गरेको आरोपमा २२ बर्षीय एक युवकलाइ पक्राउ गरिएको छ भने ती युवकलाइ घरमा घेररा हाली कुट्पित गरेको आरोप पीडत किशोरीकी परिवारका ५ जाना सदस्यलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ lपक्राउ पर्नेमा किशोरिलाई जबदस्ती करणी गरेको...बाँकी अंश →


वामदेवलाई उपप्रधानमन्त्री बनाए संविधानको ठाडो उल्लंघन!

काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठक बालुवटारमा चलिरहँदा नेकपाभित्रको संकट तत्कालका लागि टार्न उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने चर्चा राजनीतिक वृत्तमा छाएको छ। यदि अनौपचारिक ढंगले प्राप्त सूचनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई उपप्रधानमन्त्री बनाउन चाहेका हुन् भने त्यो नेपालको संविधानको ठाडो उल्लंघन हुनेछ। संविधानको धारा ७८ (४)मा तत्काल कायम रहेको...बाँकी अंश →


बामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालयकाे निर्णय

काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ। उनले पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ। २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए। यस्तै बैठकले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते राख्ने निर्णय गरेको छ। त्यो भन्दा अघिल्लो...बाँकी अंश →


बंगलादेशबाट नेपाली विद्यार्थीको बिन्ती : सरकार ! हवाईजहाज पठाइदेऊ, भाडा आफैँ तिर्छौं

रिता लम्साल २० बैशाख काठमाडौ– बंगलादेशको ढाकास्थित समोरिता मेडिकल कलेज कोरोना भाइरस संक्रमणको त्रासले आगामी सेप्टेम्बरसम्मलाई बन्द गरिएको छ । त्यही कलेजका विद्यार्थी हुन् सर्लाहीका अजय साह । उनी मोहम्मदपुरस्थित होस्टलको क्वारेन्टाइनमा छन् । होस्टलमा बस्ने बंगालीहरू घर फर्किसकेका छन् । अजयसँगै १२ जना नेपाली विद्यार्थी भने होस्टलको कोठाभित्रै थुनिएर...बाँकी अंश →


ओलीको राजीनामा कहिले? ‘माइन्यूट’का लागि शीर्ष नेताहरुले दबाब दिने

काठमाडौँ- राजीनामाका लागि चर्को दबाबमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा आफना उत्तराधिकारीका रुपमा अघि सारिएका नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव विधिवतरुपमा ‘माइन्युट’ गर्न नेकपाका असन्तुष्ट नेताहरुले दबाब दिने भएका छन्। भोलि हुने पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीकातर्फबाट त्यस्तो प्रस्ताव ल्याइएमा त्यसलाई ‘माइन्यूट’ गर्नुपर्ने अडानमा शीर्ष ४...बाँकी अंश →


अभाव र सन्त्रासमा गुज्रिरहेको छ रोहिंग्या शरणार्थीहरुको रमजान

काठमाडौँ-टंक ढकाल- जस्तापाताको छानो र त्यसकै बार लगाइएका टहराहरु छन् । लस्करै जोडिएका टहरहरु प्रवेश गर्ने मुल गेटमा तगारो लगाइएको छ । यहाँ बाँसको तगारो लगाएको झण्डै एक महिना भयो । अहिले मुजुर रहमानसहितका साना बालबालिकालाई यो खेल्ने ठाउँ भएको छ । तगारो चढ्छन् । माथि पुगेर हाम्फाल्छन् । तगारोमा...बाँकी अंश →


ज़कात (धार्मिक कर/दान) गरिबकाे हक़: मोहम्मद शाहिद अलि

विश्वमा इस्लाम धर्मावलम्बीहरू रमज़ान (इस्लामि पात्राे हिजरी सम्वत् काे नवाैं महिना)काे एक महिना राेजा (व्रत) बस्दैछन् । यसले आत्मशुद्धी गर्दछ । हरेक कुकर्मबाट बच्ने अभ्यास गराउँछ । आफू स्वयं निराहार/भाेकाे बसेर वास्तविक भाेकाहरूकाे पीड़ावाेध गर्न यसले अभिप्रेरित गर्दछ । यस महिनामा गरिने कर्महरू मध्ये एउटा महत्वपूर्ण कर्म, ज़कात दिने हाे...बाँकी अंश →


मिडिकर्मी इमरान खानकाे अगवाई तथा युवा कल्याण समाजकाे सहयोगमा राहत वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे मायादेवी गाँउपालिका वडा नं. १ मा रहेकाे Youth Welfare Society काे सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ प्रदेश पार्षद इमरान खानकाे अगवाईमा कपिलवस्तु नगरपालिका वडा नं.१ वडा नं. ३ तथा बसन्तपुर लगायतका ठाँउहरुमा अति बिपिन्न, गरिब तथा दैनिक ज्यालादार (मजदुर) १८ घर परिवारलाई १० किलाे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter