शुक्रबार, १६ चैत २०८०

लकडाउनको समयमा समेत जघन्य अपराधको घटना रोकिएको छैन

२१ बैशाख २०७७, आईतवार १६:१७ मा प्रकाशित
पर्सा :   पर्साको कालिकामाई गाउपालिकामा गैराती १४ बर्षीय एक किशोरीलाइ जबरदस्ती करणी गरेको आरोपमा २२ बर्षीय एक युवकलाइ पक्राउ गरिएको छ भने ती युवकलाइ घरमा घेररा हाली कुट्पित गरेको आरोप पीडत किशोरीकी परिवारका ५ जाना सदस्यलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ lपक्राउ पर्नेमा किशोरिलाई जबदस्ती करणी गरेको आरोपमा कालिकामाई गाउपालिका वडा न:-३ बसने मन्नू चौरसिया भन्नेर चीन्न सकने २२ बर्षीय दीपेन्द्र चौरसिया रहेको इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनुभयो l
युवकले करणी गरेको अभिभावले थाह पाइसकेपछि रिसमा आएर ती युवकलाइ घरमा थुनेर कूटपिट गरेको आरोपमा पीड़ित किशोरिका नाना(आमाको बुवा) महमजान मिया,मामा तैयब मिया,बुवा मकीम मिया,दाई इन्तिहाज आलम र एक जाना छिमेकी गरी ५ जानालाइ पक्राऊ गरिएको उहाले बताउनु भयो l
युवकलाइ कूटपिट हुन थाल्यो त्यही भएर पीड़ित र पीडक दुबै पक्षलाइ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरिक्ष सिंहले बताउनुभयो l
समाचार श्रोतका अनुसार उक्त घटनालाइ गाउमा नै मिलाउने प्रयास गरिएको भएता पनी पीड़ित पक्षले नमानी युवकलाइ कूटपिट गर्न थाले पछि स्तिथिलाई नियन्त्रणमा लिनको लागी प्रहरीले दुबै पक्षलाइ नियन्त्रणमा लिएर जिल्लामा बुझाएको बताएको छ lएता जिल्ला प्रहरी कार्यालय पर्सामा घटनाबारे बुझदा आफुहरू अहिले घटनाको बारेमा केही पनी बोलन नसकने बताउदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बिरेन्द्रबहादुर साहिले घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय पोखरिया गरेकोले यसमा हाम्रो तरफबाट केही भन्ने अवस्था न रहेको बताउनुभयो l

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter