०३ चैत २०८२

समाचार

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन...बाँकी अंश →


कुवेतका राजा शेख सबाह अल अहमद को निधन

काठमाडौं – कुवेतका राजा शेख सबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए । सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४०...बाँकी अंश →


रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप दिने

काठमाडौ – विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गरेको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम रोयटर्सका अनुसार खोप नेपाल पठाउन सम्झौता भइसकेको छ । रोयटर्सका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड...बाँकी अंश →


केयर फाउण्डेशन महिला विभागको अंतर्गत रक्तदान जीवन दान, जीवन बचाउने महाअभियानमा सहभागि बनौं

काठमाडौँ- ‘कोभिड १९’ को महामारीका कारण हाल रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुन सकिरहेका छैनन् । तर, रगत संकलन केन्द्रहरुमा रगतको अभाव देखिएको छ । यही कुरालाई ध्यानमा राखेर केयर फाउण्डेशन महिला विभागले महिलाहरुको सहभागितामा बृहद् रगत संकलन कार्यक्रम निम्न मिति, समय र स्थानमा सञ्चालन गर्ने भएकोले उक्त...बाँकी अंश →


सीमाको रक्षा गर्न एकजुट होऔँ- गृहमन्त्री थापा

दार्चुला–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सीमाको सुरक्षा सुरक्षाकर्मी राखेर मात्रै नहुने बताएका छन् । व्यासको छांगरुमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन तथा सशस्त्र प्रहरीको लागि निर्माण हुने भवन निर्माणको शिलन्यास गर्दै मन्त्री थापाले भने, ‘सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन । सीमा क्षेत्रका नागरिकले मात्रै...बाँकी अंश →


रुपन्देहीमा बाढीका कारण डुबान, पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल – रुपन्देहीमा शुक्रबार राति परेको भीषण वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान भएको छ। पाल्पा क्षेत्रमा परेको भीषण वर्षाले तिनाउ नदीमा बाढी आएपछि तिनाउ नदी किनारका बस्ती प्रभावित भएका हुन्। कतिपय स्थानमा नदीले कटान गरेको रुपन्देही प्रहरीले जनाएको छ। वर्षाकै कारण पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड अवरुद्ध छ।...बाँकी अंश →


पानी नरोकिएपछि बुटवल–नारायणगढ राजमार्ग ठप्प

नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ। दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। पानी...बाँकी अंश →


झरेको झर्‍यै छ झरी, मनसुन अझै १० दिनसम्म

काठमाडौँ – यो वर्षको मनुसन अझै सक्रिय छ तर देशभर औसतभन्दा बढी वर्षा भइसकेको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १० मा पूर्वबाट भित्रने मनसुन सेप्टेम्बर २३ मा पश्चिमबाट बाहिरिन्छ । तर यो वर्षको मनसुन अझै सक्रिय रहेको छ । मनसुन कम्तीमा अझै हप्ता १० दिन जारी रहने मौसमविद...बाँकी अंश →


कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ- कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाडौँमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अक्सिजन बिनै १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका उनको शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ । आङरिताको सोमबार बिहान १० बजे काठमाडौँको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो। उनको अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा...बाँकी अंश →


कृष्णनगर, कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला पक्राउ

कृष्णनगर- फरहान नूर कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ...बाँकी अंश →


केयर खबर दुवारा साउदी अरबको ९० औं राष्ट्रिय दिवस को अवसरमा शुभकामना व्यक्त

काठमाडौं- केयर खबर टिमले आज  २३ सेप्टेम्बर २०२० साउदी अरबको ९० औं राष्ट्रिय दिवस को अवसरमा सम्पूर्ण साउदी दाजुभाइ तथा दिदीबहिनीहरु प्रति  हार्दिक शुभकामना व्यक्त गर्दछ! महाराजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनका रूपमा राष्ट्रिय दिवस मनाउने गरिएको हो। तीस वर्षको एकीकरण...बाँकी अंश →


आन्तरिक उडान खुलेसँगै एयरलाइन्सबीच सस्तो भ्रमण प्याकेजको प्रतिस्पर्धा

काठमाडौँ- मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter