काठमाडौं – कुवेतका राजा शेख सबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।
सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए । पछि उनी सन २००६ मा कुवेतका राजा बनेका थिए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू