
पोखरा, २७ चैत ,, गुरुङ समुदायले मङ्गलबार आफ्नो सांस्कृतिक पर्व टहोटेँ उल्लासमय वातावरणमा मनाएका छन् । प्रत्येक वर्ष साउन र चैत महीनाको अन्तिम मङ्गलबार सामूहिक रुपमा मनाउने गरिएको यस पर्वको अवसरमा गुरुङ समुदायको साझा संस्था ‘तमु धि’को आयोजनामा विरौंटाबाट गाजाबाजा र झाँकीसहित शुरु भएको ¥याली पोखरा बजारको मुस्ताङचोक, पृथ्वीचोक हुँदै...बाँकी अंश →

ताप्लेजुङ, २७ चैत्र ,, पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गए राति दुर्घटना हुँदा ११ घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने छ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान...बाँकी अंश →
लमही, २६ चैत ,, दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला...बाँकी अंश →

भक्तपुर, २६ चैत ,, महानगरीय प्रहरी बृत्त थिमिले अपहरणमा परेका एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चावहिलका २९ वर्षीय रमेश लामा, काठमाडौँ महानगरपालिका–१ का ३२ वर्षीय धनलाल श्रेष्ठ र...बाँकी अंश →

काठमाडौँ, २६ चैत ,, उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा आमूल सुधार गरिनुपर्नेमा जोड दिनुभएको छ । नेपालको लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय माध्यामिक विद्यालयको ‘८० औँ विशेष वार्षिकोत्सव समारोह’लाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामुदायिक विद्यालयको शिक्षालाई...बाँकी अंश →

खार्तुम, २६ चैत ,, सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन्...बाँकी अंश →

रोल्पा, २६ चैत ,, जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको...बाँकी अंश →

राँझा, २६ चैत ९र,, नेपालगञ्ज उपमहानगरपालिका– २० राँझामा अत्याधुनिक वनस्पति उद्यान निर्माण हुने भएको छ । प्रदेश नं ५ सरकारको योजनाअन्तर्गत स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा उक्त उद्यान निर्माण प्रक्रिया शुरु भएको हो । उद्यान निर्माण गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा, डिभिजन वन कार्यालय...बाँकी अंश →

काठमाडौँ, २६ चैत ,, अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्,...बाँकी अंश →

डोटी, २६ चैत ,, आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो । एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा...बाँकी अंश →

पेरिस, २६ चैत ,, फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ । बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा...बाँकी अंश →

सियोल, २६ चैत ,, दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१ सम्ममा निःशुल्क गर्ने गरी आगामी शैक्षिक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: