०२ पुष २०८२

समाचार

छलिया र हुड्के नाचको माग बढ्दो

डोटी, १ साउन  ,,  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा...बाँकी अंश →


रोम विधान अनुमोदन गर्न माग

दमौली, १ साउन  ,,  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार निगरानी समूह तनहँु शाखाले अन्तर्राष्ट्रिय फौजदारी अदालतसँग सम्बन्धित (रोम विधान) अनुमोदन गर्न माग गरेको छ । उक्त विधान पारित गरिएको दिन १७ जुलाईको अवसरमा आज प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेकले दण्डहीनता संस्कृतिको अन्त्य गर्नका लागि...बाँकी अंश →


अनाथ बालबालिकालाई सहयोग

काठमाडौँ, १ साउन  ,,  गरीब तथा अनाथ बालबालिकाको उद्धार गरी आश्रय दिँदै आएको सेवक नेपाल संस्थाले आफ्नो अभियानलाई वृद्धि गरी ६० जिल्लामा पु¥याएको छ । दक्षिण कोरियामा शुरु गरेको सो अभियानमा नेपालका ६० जिल्लाका ११० अभियन्ताले अनाथ तथा असहाय अवस्थामा रहेका बालबालिकालाई सडकबाट उद्धार गर्ने तथा देशका विभिन्न विद्यालयमा अध्ययन...बाँकी अंश →


इलाका वनद्वारा निःशुल्क बिरुवा वितरण

डोटी, १ साउन   ,,  इलाका वन कार्यालय जोरायल गाउँपालिका–२ बुडरले जिल्लाभरिका किसानलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । इलाका वन कार्यालय बुडर डोटीले आफ्नै नर्सरीमा बिरुवा उत्पादन गरी सोही ठाउँबाट बिरुवा वितरण कार्य शुरु गरेको सेक्टर वन कार्यालय बिपी नगरका प्रमुख तथा सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो ।...बाँकी अंश →


दाङमा पेट्रोलियम पदार्थ अभाव

तुलसीपुर, १ साउन   ,,  दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मङ्गलबार नौ–नौ हजार लिटर पेट्रोल...बाँकी अंश →


विकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोडविकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोड

चितवन, १ साउन  ,,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो...बाँकी अंश →


पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

बेझाड, १ साउन ,,  प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ ।...बाँकी अंश →


सवारी कारवाहीबाट रु एक करोड ६४ लाख राजश्व

सुर्खेत, १ साउन  ,,  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव २०७५÷७६ मा रु एक करोड ६४ लाख राजश्व सङ्कलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५÷७६ को असार ३० गतेसम्म रु एक करोड ६४ लाख ५८ हजार ५०० राजश्व सङ्कलन गरेको हो । आव २०७४÷७५ को राजश्वभन्दा...बाँकी अंश →


युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

पाल्पा, १ साउन   ,,  तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् । नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका...बाँकी अंश →


बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

गाईघाट, १ साउन  ,,  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र...बाँकी अंश →


बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

भद्रपुर, १ साउन  ,,  अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी...बाँकी अंश →


असार सकियो, रोपाइँ सकिएन

भीमदत्तनगर, ३१ असार  ,,  असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter