
परासी, १५ साउन ,, ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई...बाँकी अंश →
लहान, १५ साउन ,, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स२प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु...बाँकी अंश →

काठमाडौँ, १४ साउन ,, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि सबै बैंकले लगानीको १० प्रतिशत ऋण किसानलाई दिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद...बाँकी अंश →

विराटनगर, १४ साउन ,, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून...बाँकी अंश →

धनगढी, १४ साउन ,, कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले...बाँकी अंश →

हेटौँडा, १४ साउन ,, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । बिरूवा रोप्दा...बाँकी अंश →

लमजुङ, १४ साउन ,, यहाँका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ । सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताउनुभयो । उहाँका अनुसार...बाँकी अंश →

काठमाडौँ, १४ साउन ,, नेपालमा अझै महिला रक्तदाताको सङ्ख्या न्यून रहेको छ । ‘रक्तदान गर्दा कमजोर भइन्छ’ भन्ने मानसिकताले पुरुषको तुलनामा महिला रक्तदाताको सङ्ख्यामा सुधार हुन नसकेको हो । रक्तसञ्चार सेवा केन्द्रले आव २०७५÷७६ मा ५५ हजार ९५३ युनिट रगत सङ्कलन गरेकोमा ४६ हजार ४०५ युनिट पुरुषको र नौ हजार...बाँकी अंश →

कास्की, १४ साउन ,, पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताउनुभयो । प्रतियोगितामा...बाँकी अंश →
पोखरा, १४ साउन ,, कृषि र पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले यहाँको पर्यावरण संरक्षणलाई प्राथमिकतामा राख्दै काम थालेको छ । पर्यावरण संरक्षणमा प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणसाथै बोटबिरुवाले महत्वपूर्ण योगदान पु¥याउने हुँदा यसको संरक्षण थालिएको हो । पदयात्रा पर्यटनमा विश्वका उत्कृष्ट यस गाउँपालिकाभित्रका पदयात्रा मार्ग, आसपासका...बाँकी अंश →

काठमाडौँ, १४ साउन ,, पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण...बाँकी अंश →

दाङ, १४ असार ,, तुलसीपुर बजामा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालाई जिम्मा लगाइएको छ । ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: