बिहिबार, १५ चैत २०८०

मन्त्री साहद्वारा डुङ्गा उपलब्ध

१५ श्रावण २०७६, बुधबार १०:२३ मा प्रकाशित

राजविराज, १५ साउन  ,,  प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासीको आग्रहमा मन्त्री साहले डुङ्गा उपलब्ध गराउनुभएको हो । मन्त्री साहले बाढी प्रभावित क्षेत्रमा पुगेर तिलाठी कोइलाडी गाउँपालिका वडा नं ४ बनरझुला र टिकुलियामा एक,एक र वडा नं ५ चट्टीटोलमा एउटा डुङ्गा स्थानीय बासिन्दालाई हस्तान्तरण गर्नुभयो । वर्षा र बाढीका कारण सप्तरी जिल्लाको अति बिकट मानिएको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका बस्ती प्रत्येक वर्ष सामान्य वर्षा भएका बेलामा पनि डुबानमा पर्दै आएको छ । वर्षा हुनेबित्तिकै खाँडौखोला, कोशी नदीको सिपेजको पानी र जिता नदीको बाढीका कारण स्थानीय बासिन्दा डुबानमा पर्दै आएका छन् । स्थानीयवासीले आवतजावत गर्न सास्ती खेप्नु परेकाले सहज र सुरक्षित रहनको लागि सो गाउँपालिकामा डुङ्गा प्रदान गरेको मन्त्री साहले बताउनुभयो । करीब दुई साता अगाडि वर्षासँगै आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालय डुबाउनुको साथै सो गाउँपालिकाका अधिकांश वडाका घर डुबानमा परेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter