०८ चैत २०८२

समाचार

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १९ भदौ  लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको छ ।...बाँकी अंश →


धेरै घुमियो, अनि लेखियो ः राजकर्णिकार

काठमाडौँ, १९ भदौ  यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः(भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुग्नुभयो । उहाँ र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले...बाँकी अंश →


प्राथमिकताको क्षेत्रमै बजेट न्यून

फिदिम, १९ भदौ  सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त रहेको पाइएको छ । पाँचथर र ताप्लेजुङलाई माछा, मासु, अण्डा र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने सरकारी नीति रहे पनि पशुपक्षीको व्यावसायिक पालन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र...बाँकी अंश →


स्याउ बारीबाटै ढुवानी गरिने

बाजुरा, १९ भदौ  कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो । बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको...बाँकी अंश →


कोदोको बीउ पाउनै मुस्किल

बैतडी, १९ भदौ  पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ ।...बाँकी अंश →


तीन जना पक्राउ

लहान, १९ भदौ  विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन...बाँकी अंश →


कला प्रदर्शनीः सम्बन्ध विस्तार र सिक्ने अवसर

काठमाडौँ, १९ भदौ  काठमाडौँको नक्सालमा आयोजना गरिएको चार देशीय कला प्रदर्शनी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को सहकार्यमा भएको ११ दिने प्रदर्शनीले सम्बन्ध विस्तारसँगै सिक्ने अवसर मिलेको कलाकारले बताएका छन् । प्रतिष्ठानको कार्यालय नक्सालमा गरिएको उक्त कला प्रदर्शनीमा नेपालसहित भारत,...बाँकी अंश →


सर्पले डस्दा बालिकाको मृत्यु

तुलसीपुर, १९ भदौ  दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा छ जना घाइते...बाँकी अंश →


डुबेर बालकको मृत्यु

म्याङ्लुङ, १९ भदौ  तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । साविक सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।बाँकी अंश →


सामूहिक प्रयासमा कालिजपालन

बनेपा, १९ भदौ  विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो । सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको...बाँकी अंश →


विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

सुरुङ्गा, १९ भदौ    वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त...बाँकी अंश →


नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन हुँदै

राँझा, १९ भदौ  भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter