शनिबार, ०८ बैशाख २०८१

कला प्रदर्शनीः सम्बन्ध विस्तार र सिक्ने अवसर

१९ भाद्र २०७६, बिहीबार १०:५२ मा प्रकाशित

काठमाडौँ, १९ भदौ  काठमाडौँको नक्सालमा आयोजना गरिएको चार देशीय कला प्रदर्शनी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को सहकार्यमा भएको ११ दिने प्रदर्शनीले सम्बन्ध विस्तारसँगै सिक्ने अवसर मिलेको कलाकारले बताएका छन् । प्रतिष्ठानको कार्यालय नक्सालमा गरिएको उक्त कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको थियो । चार देशका अग्रज कलाकारका चित्र समावेश सो कला प्रदर्शनीबाट आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्नुका साथै विदेशी चित्रबाट नेपाली कलाकारले सिक्ने अवसर पाएको आयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले बताउनुभयो । हरेक दिन नेपाली चित्रकार दिराम पाल्पाली, एनबी गुरुङ, डिबी राई, नरबहादुर विके, विनोदकुमार गुप्ता, सुरेश स्याङ्तानलगायतले चित्र कोर्नु भएको थियो । सो प्रदर्शनीको एक हजारभन्दा बढी व्यक्तिले अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ । प्रदर्शनीमा नेपालका ४३, भारतका १५ तथा बङ्गलादेश र चीनका ११÷११ कलाकारका चित्र समावेश गरिएको थियो । कलाको माध्यमबाट ती देशहरुबीच सम्बन्ध बलियो बनाउन प्रदर्शनीको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter