
काठमाडौँ, २४ भदौ नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो...बाँकी अंश →

कपिलवस्तु, २४ भदौ मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै...बाँकी अंश →
सुर्खेत, २४ भदौ निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो । नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताउनुभयो । “हस्तान्तरण...बाँकी अंश →

काठमाडौँ, २४ भदौ महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा...बाँकी अंश →

महोत्तरी, २४ भदौ अत्यन्त आवश्यक उपकरणको अभावले उपचारमा समस्या ब्यहोरीरहेको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा क्रमशःउपकरण थपिँदै गएका छन् । विभिन्न संस्थाले आवश्यक उपकरण प्रदान गर्दै जाँदा सर्पदंशका जटिल प्रकृतिका बिरामीको उपचार पनि सहज बन्दै गएको हो । पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको...बाँकी अंश →

खलङ्गा, २४ भदौ जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको एक सामुदायिक वनले सञ्चालन गरेको छ । शिक्षा क्षेत्रलाई अहिले समुदायस्तरबाट निकै महत्वका साथ लिने गरिएको छ । सामुदायिक वनले शिक्षा क्षेत्रमा शिक्षक र भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ । फुर्केसल्ला सामुदायिक वनले पाँच जना शिक्षकको तलबमा...बाँकी अंश →

दार्चुला, २४ भदौ मार्मा गाउँपालिका–२ का लोकेन्द्रबहादुर सिंहका एक महीना अघि दुई बाख्रा र एक खसी जङ्गलमा चराउन लगेका बेला चितुवाले खाइदियो । घर नजिकै रहेको जङ्गलमा चराउन लगिएका बेला खसीबाख्रा चितुवाको शिकार बने । निकै परिश्रम गरेर पालेका खसीबाख्रा चितुवाले खाएपछि सिंह निकै निराश हुनुभयो । त्यही ठाउँ बस्ने...बाँकी अंश →

दमौली, २४ भदौ इलाका प्रहरी कार्यालय भीमाद र बेलचौताराले ‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन गरेको छ । क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लागुऔषधलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले प्रहरीले सो अभियान सञ्चालन गरेको हो । विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्यर्सनीमा फस्न सक्ने भएकाले...बाँकी अंश →
इनरुवा, २४ भदौ सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । जिल्लामा आव २०७४÷०७५ मा तीन लाख...बाँकी अंश →

अमरगढी, २४ भदौ जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी...बाँकी अंश →
राँझा, २४ भदौ नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा...बाँकी अंश →

भद्रपुर, २४ भदौ झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: