आइतबार, २३ बैशाख २०८१

बसपार्क हस्तान्तरणमा ढिलाइ

२४ भाद्र २०७६, मंगलवार ११:४१ मा प्रकाशित

सुर्खेत, २४ भदौ  निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो । नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताउनुभयो । “हस्तान्तरण प्रक्रिया शुरु भइसकेको छ, सम्भवतः असोजको पहिलो सातासम्म हस्तान्तरण भइसक्छ”, उहाँले भन्नुभयो, “हस्तान्तरणपछि कसरी सञ्चालन गर्ने भन्ने मोडालिटीका सम्बन्धमा पनि छलफल भइरहेको छ ।” पटक–पटकको म्याद थपसँगै निर्माण कम्पनी चाङ्मिला÷नरसिंहजेभीले चार वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्क यही जेठमा सम्पन्न गरेको हो । नगर विकास कोषबाट ऋण सहयोगमा निर्माण सम्पन्न भएको आयोजनालाई वीरेन्द्रनगर नगरपालिकाले नगरको गौरवको आयोजनाका रुपमा लिएको छ । सुविधासम्पन्न बसपार्क नहँुदा सुर्खेतबाट सञ्चालित बस, यातायात कर्मचारी तथा यात्रुलगायतले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता थियो । नगर प्रमुख देवकुमार सुवेदीले बसपार्क सञ्चालनमा आएपछि हाल प्रयोगमा आइरहेको बसपार्कलाई मङ्गलगढी पार्कमा विस्तार गर्ने बताउनुभयो । निर्माण कम्पनी चाङ्मिला÷नरसिंह जेभी र नगर विकास समितिबीच ०७२ माघमा सम्झौता भएको थियो । पन्ध्र महीनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले चार वर्ष लगाएर सिटी बसपार्क पुरा गरेको हो । रु छ करोड ८३ लाख लागतमा बनेको बसपार्कमा ६४ व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टर लगायतका संरचना छन् । करीब चार हजार ५०० वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी १२० बस अट्न सक्ने क्षमता रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter