
सुर्खेत, ७ कात्तिक कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइपुग्नुभएको छ । उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद...बाँकी अंश →

भक्तपुर, ७ कात्तिक प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताउनुभएको छ । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको छ भन्नुभयो । उहाँले वर्तमान सरकारले नेपाली समाजलाई...बाँकी अंश →
काठमाडौँ, ७ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारदेखि शुरु भएको ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै उहाँले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत उल्लेख...बाँकी अंश →
काठमाडौँ, ६ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले...बाँकी अंश →

काभ्रेपलाञ्चोक, ६ कात्तिक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउनुभएको छ । उहाँले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । “मान्छेलाई जिउँदै जलाउने,...बाँकी अंश →

काठमाडौँ, ६ कात्तिक समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताउनुभएको छ । नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले...बाँकी अंश →

चितवन, ६ कात्तिक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनुभयो । मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा...बाँकी अंश →

महोत्तरी, ६ कात्तिक महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी (ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन) चलाउन थालेयता थैलीमा आफ्नै कमाइ राख्न थालेपछि कुनै समान लिनपर्दा घताने आफैँ लिन सक्ने हुनुभएको हो...बाँकी अंश →

काठमाडौँ, ६ कात्तिक बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो । मन्त्रालयको...बाँकी अंश →

टोकियो, ६ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ...बाँकी अंश →
मेलम्ची, ६ कात्तिक अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: