बिहिबार, २० बैशाख २०८१

राजनीति विग्रदा देश बिग्रन्छ ः सांसद बस्नेत

७ कार्तिक २०७६, बिहीबार १३:०७ मा प्रकाशित

भक्तपुर, ७ कात्तिक  प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताउनुभएको छ । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको छ भन्नुभयो । उहाँले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ अगाडि बढाएको बताउँदै राजनीति विग्रदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको भनाइ राख्नुभयो । सांसद बस्नेतले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने प्रदेशसभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै नेकपाको सिद्धान्त र स्व हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter