२० मंसिर २०८२

राष्ट्रिय

मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने: ज्ञवाली

काठमाडौँ, ३ वैशाख (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने छ भन्नुभयो...बाँकी अंश →


घुस लिने ट्राफिक प्रहरीविरुद्ध अख्तियारको आरोपपत्र

काठमाडौँ, ३ वैशाख (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ...बाँकी अंश →


सम्माननीय राष्ट्रपतिज्यूसमक्ष साउदी अरेवियाका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल बैशाख २ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि लागि साउदी अरेवियाका राजदूत H.E. Mr. Abdulnaser H. AlHarthi ले विदाई भेट गर्नुभयो । सो अवसरमा साउदी अरेविया र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।...बाँकी अंश →


यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

त्रिपुराकोट, डोल्पा, ३ वैशाख (रासस) ः हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा...बाँकी अंश →


मनाङको पिसाङमा पर्यटक (तस्विर सहित) منانگ میں غیر ملکی سیاح

मनाङको निस्यङ गाउँपालिका–१ पिसाङबाट आइतबार घ्यरुतर्फ जाँदै गरेका पर्यटक ।बाँकी अंश →


पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत हुन्छ: मन्त्री महासेठ

पर्सा, २ वैशाख (रासस) ः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा...बाँकी अंश →


नेपाल टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा ‘नयाँ वर्ष अफर २०७५’ सार्वजनिक गरेको छ । उक्त अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ड, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । सो अफर १ वैशाख ०७५ देखि लागू भई १५ वैशाखसम्म सञ्चालन हुने टेलिकमले जनाएको छ ।...बाँकी अंश →


खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौँ, २ वैशाख (रासस) ः खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी...बाँकी अंश →


कानून संशोधनको गृहकार्य भइरहेको छः मन्त्री थापा

म्याग्दी, १ वैशाख (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि वर्तमान कानून संशोधन आवश्यक रहेको बताउनुभएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको आज थालनी गर्दै उहाँले बलात्कारलगायत महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही गर्न...बाँकी अंश →


राष्ट्रपति भण्डारीद्वारा शुभकामना, राष्ट्रलाई आत्र्मनिभर बनाउने अवसर

काठमाडौँ, १ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिँदै उहाँले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय...बाँकी अंश →


पाँच खर्ब रु बढी बेरुजु, १३ मन्त्रालयको अर्ब माथि

काठमाडौँ, २९ चैत: सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३÷७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज राष्ट्रपति विद्यादेवी भडारीलाई बुझाएको प्रतिवेदनमा मन्त्रालय तथा सरकारी निकायकै बेरुजु भने रु ९४ अर्ब ८१ करोड ५४ लाख ४७ हजार पुगेको छ...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

चितवन, २९ चैत : नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter