शनिबार, २२ बैशाख २०८१

कानून संशोधनको गृहकार्य भइरहेको छः मन्त्री थापा

१ बैशाख २०७५, शनिबार २१:२६ मा प्रकाशित

म्याग्दी, १ वैशाख (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि वर्तमान कानून संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवं विद्यालय पुनःनिर्माण अभियानको आज थालनी गर्दै उहाँले बलात्कारलगायत महिला हिंसाको घटनामा संलग्नलाई कडा कारबाही गर्न कानून संशोधनको गृहकार्य गरिरहेको बताउनुभयो ।

“४÷५ वर्षका बालिका र अपांगता भएका महिलामाथि पनि बलात्कार जस्ता जघन्य अपराध हुने गरेको छ, यस्तो घटनामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको कानून आवश्यक छ”–मन्त्री थापाले भन्नुभयो ।

महादेव माविको पुनःनिर्माणका लागि प्रवासी बेगखोलाबासीले करिब रु दुई करोड संकलन गर्ने गरी अभियान थालनी गरेको भन्दै उहाँले उक्त कार्यको प्रशंसा गर्नुभयो । जन्मथलोको विकासमा प्रवासीले देखाएको अनुकरणीय कार्यको सरकारले उच्च प्रसंसा गर्ने बताउँदै उहाँले सबै नेपालीहरुको साथ र सहयोगले मात्रै मुलुकको विकास र समृद्धि हासिल हुने बताउनुभयो ।

सो अवसरमा एनआरएन युकेका अध्यक्ष एवं बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको पुनःनिर्माण अभियानमा रु एक करोड ३३ लाख संकलन भइसकेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter