२० मंसिर २०८२

राष्ट्रिय

स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र

काठमाडौँ, ८ वैशाख (रासस):  औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए...बाँकी अंश →


अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

काठमाडौँ, ७ वैशाख (रासस): मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ । अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान...बाँकी अंश →


गैंडा लिन चिनिया प्रतिनिधि चितवनमा

रत्ननगर, चितवन, ६ वैशाख (रासस):  छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिनुभयो । चिनिया प्रतिनिधिसमेत चितवन आएकाले आज पनि...बाँकी अंश →


चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

सल्लेरी, सोलुखुम्बु, ६ वैशाख (रासस): वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् ।...बाँकी अंश →


भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर: गृहमन्त्री थापा

रत्ननगर, चितवन, ६ वैशाख (रासस):  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम...बाँकी अंश →


मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही

काठमाडौँ, ५ वैशाख (रासस)ः सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए...बाँकी अंश →


कोरला नाका जोड्ने सडकमा १४ वटा पक्की पुल निर्माण गरिँदै

५ बैशाख, म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो ।अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र...बाँकी अंश →


काठमाडौँका नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने

काठमाडौँ, ५ वैशाख (राससं): गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ । सो अनुसार मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण प्रमुख विषय...बाँकी अंश →


जिल्ला प्रशासनले गरेको निषेधाज्ञाप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, ४ वैशाख (रासस/ केयर खबर): नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालयले वैशाख २ गते काठमाडौँका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटेर संविधानमा व्यवस्था गरिएको अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने...बाँकी अंश →


चिनियाँ विमान नेपाल वायु सेवा निगमलाई हस्तान्तरण

काठमाडौँ, ४ वैशाख ९रासस० ः चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गर्नुभयो...बाँकी अंश →


बालक हत्यारालाई ३१ वर्ष कैद

गौशाला, ४ वैशाख (रासस): बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ । जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे...बाँकी अंश →


पार्टी एकतालाई निष्कर्षमा पुर्याउने – अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३ वैशाख (रासस)ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुरयाउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताउनुभएको छ । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको आज यहाँ उद्घाटन गर्दै उहाँले “पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter