शुक्रबार, ०४ जेठ २०८१

अन्तर्राष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

मालिन्दो एयरको जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर घाँसे मैदानमा पुगेको थियो

७ बैशाख २०७५, शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौँ, ७ वैशाख (रासस): मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ ।

अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले राससलाई जानकारी दिनुभयो ।

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो ।

उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter