२१ मंसिर २०८२

राष्ट्रिय

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौँ, ७ जेठ (रासस)  सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना...बाँकी अंश →


एक सय तीन बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ, ७ जेठ (रासस)  सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...बाँकी अंश →


राष्ट्रियसभाः नीति तथा कार्यक्रममा धन्यवाद प्रस्ताव

काठमाडौँ, ७ जेठ (रासस) राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसदले राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अपराह्न दुवै सदनलाई आज सम्बोधन गर्दै...बाँकी अंश →


पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

काठमाडौँ, ७ जेठ (रासस)  चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई चिनियाँ पर्यटकको संख्या बढाउने ध्येयका साथ बोर्डले वेबसाइट शुरु गरेको हो । चिनियाँ भाषाको वेबसाइट तथा सातवटै प्रदेशका पर्यटकीय क्षेत्रको जानकारी समेटिएको ‘इन्फोग्राफी’ भिडियो आज संस्कृति,...बाँकी अंश →


नेपालले पायो खस्रे रोग (ट्रकोमा) निर्मूलन गरेको प्रमाणपत्र

काठमाडौँ, ७ जेठ (रासस)  नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो । राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले...बाँकी अंश →


समाजवादी काँग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ, ७ जेठ (रासस)  नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । समाजवादी काँग्रेसले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा ग¥यो । पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको...बाँकी अंश →


नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौँ, ७ जेठ (रासस)  सरकारको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी...बाँकी अंश →


प्रदेश सरकारका कृषि मन्त्रीहरुको केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्धता

प्रदेश सरकारका कृषि मन्त्रीहरुले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँगको छलफलमा सबै प्रदेशका कृषि मन्त्रीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । केन्द्र र प्रदेश सरकारको लय मिले मात्र गन्तब्वमा पुग्न सकिने भन्दै उनीहरुले...बाँकी अंश →


आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौँ, ६ जेठ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा...बाँकी अंश →


काँग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न जनताको आदेशः डा शेखर

चौतारा, ६ जेठ (रासस)  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेकोमा खुशी व्यक्त गर्दै काँग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षको भूमिका खेल्न जनताले आदेश दिएको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको काँग्रेस नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उहाँले राजनीति गर्दा...बाँकी अंश →


नेपालीलाई छात्रवृत्ति घोषणा

काठमाडौँ, ६ जेठ (रासस)  अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयले प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले आज यहाँ पत्रकार सम्मेलन गरेर पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट...बाँकी अंश →


कृषि उद्यम सम्मेलन शुरु

काठमाडौँ, ६ जेठ ९रासस०  युवालाई कृषिमा आर्कषित गराउने उद्देश्यले आजदेखि काठमाडौँमा दुई दिने कृषि उद्यम सम्मेलन शुरु भएको छ । फोरएच नेपालले आयोजना गरेको सो सम्मेलनमा सबै जिल्लाका १६५ युवाको सहभागिता छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त सम्मेलन शुभारम्भ गर्दै कृषिको परनिर्भरता कम गर्न युवाको आर्कष बढाउनुपर्नेमा जोड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter