१७ माघ २०८२

राष्ट्रिय

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

काठमाडौँ, १० जेठ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै...बाँकी अंश →


सञ्चार राज्यमन्त्री र सार्क महासचिवबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटका क्रममा सार्क मुलुकमा सूचना, सञ्चार र प्रविधिको आदानप्रदानबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।...बाँकी अंश →


संयुक्तरुपमा कार्यक्रम गर्न प्रेस चौतारीको निर्देशन

काठमाडौँ, ९ जेठ (रासस)  प्रेस चौतारी नेपालको सचिवालय बैठकले एकताको भावनालाई देशैभर फैलाउन मातहतका कमिटीलाई प्रेस सेन्टर नेपालसँग समन्वय गर्न र संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आज बसेको उक्त बैठकले दुई ठूला कम्युनिष्ट गठबन्धनबीच हालै भएको एकताको स्वागत गर्दै एकतालाई बल पुग्ने गरी सबै जनवर्गीय संगठनले संयुक्त...बाँकी अंश →


कैदीबन्दीको अवस्था सुधारका लागि आयोगको सिफारिश

ललितपुर, ९ जेठ (रासस) राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागार तथा हिरासतमा रहेका बन्दी तथा कैदीको अवस्था सुधारका लागि सरकारलाई सिफारिश गरेको छ । देशभरका कारागार र हिरासतमा आयोगले गरेको अनुगमनका क्रममा कैदी÷बन्दीको अवस्था नराम्रो पाइएकाले आयोगले सरकारलाई सुधारका लागि सुझाव दिएको हो । आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा...बाँकी अंश →


नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु

काठमाडौँ, ९ जेठ (रासस)  सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकताका साथ अघि सारेकामा प्रशंसा गर्दै कार्यक्रममा शिक्षा, स्वास्थ्य,...बाँकी अंश →


गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ ः मन्त्री अधिकारी

लुम्बिनी, ९ जेठ (रासस)  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताउनुभएको छ । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।” मन्त्री अधिकारीले आउँदो वर्ष...बाँकी अंश →


पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो

काठमाडौँ, ९ जेठ (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताउनुभएको छ । विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन आगामी पाँच वर्षभित्र त्यसको बलियो आधार तयार...बाँकी अंश →


‘नीति तथा कार्यक्रममा संविधान सशोधन नपर्नु दुःखको विषय

काठमाडौँ, ९ जेठ(रासस)  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव प्रस्तुत गर्दै उहाँले ठूलो आन्दोलन र...बाँकी अंश →


जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौँ, ९ जेठ (रासस)  तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय...बाँकी अंश →


नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, ९ जेठ (रासस)  सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा...बाँकी अंश →


केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र

काठमाडौँ, ९ जेठ (रासस)  संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन...बाँकी अंश →


अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान

भक्तपुर, ९ जेठ (रासस)  विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल (एसक्यूसीसी) सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter