सोमबार, ०७ जेठ २०८१

कैदीबन्दीको अवस्था सुधारका लागि आयोगको सिफारिश

९ जेष्ठ २०७५, बुधबार २०:३६ मा प्रकाशित

ललितपुर, ९ जेठ (रासस) राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागार तथा हिरासतमा रहेका बन्दी तथा कैदीको अवस्था सुधारका लागि सरकारलाई सिफारिश गरेको छ ।

देशभरका कारागार र हिरासतमा आयोगले गरेको अनुगमनका क्रममा कैदी÷बन्दीको अवस्था नराम्रो पाइएकाले आयोगले सरकारलाई सुधारका लागि सुझाव दिएको हो । आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुदीप पाठकले सरकारले आयोगको सिफारिशअनुसार सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आयोगको सिफारिश कार्यान्वयन हुन सकिरहेको छैन ।”

अनुगमनका क्रममा अधिकांश कारागार जीर्ण पाइएको आयुक्त पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण गरेर कैदी र बन्दीको उचित व्यवस्था गर्न हामीले सरकारलाई भनेका छौँ ।” कारागारभित्रका झगडाको छानबिन गरेर दोषीलाई कारबाही गर्न, दैनिक खर्च र दशैँ खर्च बढाउन पनि आयोगले सिफारिश गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter