मङ्गलबार, ०१ जेठ २०८१

राष्ट्रिय

शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री

काठमाडौँ, १० जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी...बाँकी अंश →


पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ; प्रचण्ड

काठमाडौँ, १० जेठ   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ...बाँकी अंश →


नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ, १० जेठ (रासस) ः सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसदहरुले नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए त्यसको कुनै अर्थ नहुने बताउनुभयो । विगतमा पनि राम्रा र प्रभावकारी...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

काठमाडौँ, १० जेठ (रासस)  राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममा नीतिमात्र आएको तर कुनै पनि कार्यक्रम र समयावधि नतोकिएको...बाँकी अंश →


काठमाडौँ, १० जेठ  राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्दै सदस्य सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममा नीतिमात्र आएको तर कुनै पनि कार्यक्रम र समयावधि नतोकिएको बताउनुभयो...बाँकी अंश →


संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, १० जेठ (रासस) ः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई...बाँकी अंश →


प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

काठमाडौँ, १० जेठ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै...बाँकी अंश →


सञ्चार राज्यमन्त्री र सार्क महासचिवबीच भेटवार्ता

काठमाडौँ, ९ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटका क्रममा सार्क मुलुकमा सूचना, सञ्चार र प्रविधिको आदानप्रदानबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।...बाँकी अंश →


संयुक्तरुपमा कार्यक्रम गर्न प्रेस चौतारीको निर्देशन

काठमाडौँ, ९ जेठ (रासस)  प्रेस चौतारी नेपालको सचिवालय बैठकले एकताको भावनालाई देशैभर फैलाउन मातहतका कमिटीलाई प्रेस सेन्टर नेपालसँग समन्वय गर्न र संयुक्तरुपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आज बसेको उक्त बैठकले दुई ठूला कम्युनिष्ट गठबन्धनबीच हालै भएको एकताको स्वागत गर्दै एकतालाई बल पुग्ने गरी सबै जनवर्गीय संगठनले संयुक्त...बाँकी अंश →


कैदीबन्दीको अवस्था सुधारका लागि आयोगको सिफारिश

ललितपुर, ९ जेठ (रासस) राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागार तथा हिरासतमा रहेका बन्दी तथा कैदीको अवस्था सुधारका लागि सरकारलाई सिफारिश गरेको छ । देशभरका कारागार र हिरासतमा आयोगले गरेको अनुगमनका क्रममा कैदी÷बन्दीको अवस्था नराम्रो पाइएकाले आयोगले सरकारलाई सुधारका लागि सुझाव दिएको हो । आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा...बाँकी अंश →


नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु

काठमाडौँ, ९ जेठ (रासस)  सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकताका साथ अघि सारेकामा प्रशंसा गर्दै कार्यक्रममा शिक्षा, स्वास्थ्य,...बाँकी अंश →


गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ ः मन्त्री अधिकारी

लुम्बिनी, ९ जेठ (रासस)  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताउनुभएको छ । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन सकिदैन् ।” मन्त्री अधिकारीले आउँदो वर्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter