१८ माघ २०८२

राष्ट्रिय

एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

भक्तपुर, ९ असार  ग्रेडिङ प्रणालीअनुसार आज साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज...बाँकी अंश →


एसईईको परीक्षाफल सार्वजनिक

भक्तपुर, ९ असार  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०,...बाँकी अंश →


प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा ः महामन्त्री कोइराला

काठमाडौँ, ९ असार  नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठाँै वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँगे्रससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि...बाँकी अंश →


कविता महोत्सवमा अलिना दुलाल ,,लाहुरेकी स्वास्नी को लागि सम्मानित

काठमाडौँ, ९ असार  नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन...बाँकी अंश →


मनसुन विस्तारै सक्रिय बन्दै

काठमाडौँ, ९ असार (रासस) ः मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि...बाँकी अंश →


सरकार जनताको समस्याबाट विमुख छैन ः मन्त्री बाँस्कोटा

बनेपा, ९ असार  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनताको समस्याबाट विमुख नभएको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–८, मल्पिमा आयोजित शहीद पार्क उद्घाटन कार्यक्रममा उहाँले इतिहासको निर्माण गर्ने सन्दर्भमा कसै न कसैले जनताको इतिहास निर्माण गर्ने र यस्तो कार्यको संस्थागत विकासको कोशेढुंगाको रुपमा सगुन ताम्राकारको नाममा...बाँकी अंश →


प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात

काठमाडौँ, ९ असार  कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल, जमीन र जनशक्ति पर्याप्त भए पनि कृषिको परनिर्भरता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नजिकै रहनुभएका कृषिराज्यमन्त्री रामकुमारी चौधरीले उपराष्ट्रपति नन्दबहादुर पुनको विचार ध्यानपूर्वक...बाँकी अंश →


प्रधानमन्त्री ओली रात्रिभोजमा सरिक

विशेष प्रतिनिधि हरि लामिछाने ल्हासा, ९ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उहाँको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले आज यहाँ आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गर्नुभएको सो रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोजमा प्रधानमन्त्री...बाँकी अंश →


बुद्ध एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन

काठमाडौँ, ८ असार (रासस) ः बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति...बाँकी अंश →


तिब्बत सरकारबाट नेपाललाई सहयोग हुने

ल्हासा, चीन, ८ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको...बाँकी अंश →


दुई देशबीच भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धताको स्वागत’

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा दुई देशबीचमा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धताको स्वागत गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पारवाहन, व्यापार, रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौतालाई अगाडि बढाउने...बाँकी अंश →


सामाजिक सञ्जालमा जथाभावी सामग्री नराख्न आग्रह

काठमाडाँै, ८ असार (रासस) ः प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter