२० माघ २०८२

राष्ट्रिय

सुरुङ निर्माण सम्पन्न

रसुवा, ४ भदौ ,,   निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ । राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताउनुभयो । “आयोजनाको...बाँकी अंश →


टीकापुर घटनालाई आपराधिक दृष्ट्रिकोणले हेर्न हुँदैन ,, ठाकुर

कैलाली, ४ भदौ ,,  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताउनुभएको छ । टीकापुर घटनाका अभियुक्तलाई आज कैलाली कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको बताउनुभयो ।...बाँकी अंश →


सूचना प्रविधि क्षेत्रको द्रुत विकास गर्न निर्देश

काठमाडौँ, ४ भदौँ ,,  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकले सूचना तथा प्रविधि क्षेत्रको द्रुत विकास गर्न आवश्यक ऐन संशोधन गर्न र नयाँ आवश्यक ऐन ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिको आज यहाँ बसेको बैठकले ग्रामीण दूरसञ्चार कोषको प्रयोग, दूरसञ्चारको चांैथो पुस्ता (फोर जी) विस्तार,...बाँकी अंश →


बिम्स्टेक महासन्धि अनुमोदित

  काठमाडौँ, ४ भदौ ,,  प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले आतङ्कवादको...बाँकी अंश →


सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौँ, ४ भदौ ,,  देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो...बाँकी अंश →


अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ ,,  इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिनुभयो । आफूलाई पनि...बाँकी अंश →


नेपाल र चीनबीचको ऊर्जा समझदारी कार्यान्वयन शुरु

काठमाडौँ, ४ भदौ ,, सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा...बाँकी अंश →


नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

काठमाडौँ, ४ भदौ ,,   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न कानून निर्माण गरी लागू...बाँकी अंश →


भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

काठमाडौँ, ४ भदौ ,,   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ आँै वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उहाँले आव २०७५÷०७६ लाई पुनःनिर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने...बाँकी अंश →


प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

काठमाडौँ, ४ भदौ , सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई÷दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन...बाँकी अंश →


क्यानको बजेट रु ४५ अर्ब १७ करोड

काठमाडौँ, ३ भदौ , नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५÷७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ । क्यानले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख...बाँकी अंश →


भ्रममा नपर्न काउन्सिलको आग्रह

काठमाडौँ, ३ भदौ , प्रेस काउन्सिल नेपालले आव २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी प्रतिवेदनका सन्दर्भमा कुनै किसिमको भ्रममा नपर्न आग्रह गरेको छ । सञ्चारविज्ञहरूद्वारा अथक मेहनतका साथ प्रतिवेदन तयार पारिएको भन्दै काउन्सिलले भ्रममा नपर्न अपिल गरेको हो । “सबैलाई न्याय दिने गरी काउन्सिलका सबै पदाधिकारीबीचको गहन छलफल र सहमतिपश्चात्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter