हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु...बाँकी अंश →

कास्की, १२ साउन ,, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ...बाँकी अंश →

मेलम्ची, १० साउन ,, चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार...बाँकी अंश →
लमही, १० साउन ,, दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको...बाँकी अंश →

काठमाडौँ, १० साउन ,, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात्...बाँकी अंश →

काठमाडौँ, १० साउन ,, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले...बाँकी अंश →

भद्रपुर, १० साउन ,, झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा...बाँकी अंश →

जाजरकोट, १० साउन ,, विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।बाँकी अंश →

बलेवा, १० साउन ,, मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई उपचार खर्च अभाव भएको हो । रेग्मीको मुटुमा प्वाल ९ब्क्इ ऋयिकगचभ० परेपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले...बाँकी अंश →

गलकोट, १० साउन ,, बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११...बाँकी अंश →

तनहुँ, १० साउन ,, तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस...बाँकी अंश →
काभे्रपलाञ्चोक, १० साउन ,, नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: