काठमाडौं- केयर खबर टिमले आज २३ सेप्टेम्बर २०२० साउदी अरबको ९० औं राष्ट्रिय दिवस को अवसरमा सम्पूर्ण साउदी दाजुभाइ तथा दिदीबहिनीहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछ! महाराजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण र स्थापना गरेको दिनका रूपमा राष्ट्रिय दिवस मनाउने गरिएको हो। तीस वर्षको एकीकरण...बाँकी अंश →

काठमाडौँ- मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती...बाँकी अंश →

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा संक्रमण ह्वात्तै बढेको छ। सोमबार मात्रै देशभर १ हजार १ सय ५४ जना नयाँ संक्रमितका थपिँदै गर्दा उपत्यकामा मात्रै ६ सय ७४ जना थपिएका छन्। पछिल्लो समय थपिँदै गरेका नयाँ संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन्।...बाँकी अंश →

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर नै सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका...बाँकी अंश →

काठमाडौँ– आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन हुने एजेण्डाले प्रवेश पाएसँगै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु हेरफेर हुने प्रक्रिया ठोस रुपमा अघि बढेको छ। स्थायी समितिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावलाई कार्यान्वयनमा लैजानेबारे निर्णय गर्न आइतबारदेखि सुरु भएको सचिवालय बैठकमा एजेण्डा पेश भइ...बाँकी अंश →

जनकपुरधाम– सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ। शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो। बाटोमा मुस्लिम समुदायको बस्तीको मस्जिद...बाँकी अंश →

जनकपुरधाम– संविधान दिवसको अवसरमा जनकपुरधाममा केही युवाहरुले संविधान जलाएका छन्। शनिबार संविधान दिवसको अवसरमा जनकपुरधाममा कोहीले संविधान दिवस मनाएका छन् भने केहीले ‘कालो दिन’ मनाएका छन्। मधेशवादी दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधान जारी भएपछि प्रत्येक वर्ष तराई मधेशका जिल्लामा कालो दिवस मनाउँदै आएका छन्। यसवर्ष भने जनकपुरधाममा संविधान दिवस...बाँकी अंश →

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका संकीर्णता छाडेर अब मुलुक विकासमा लाग्न आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा आज देशबासीका नाममा टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकहरू पनि दशकअघि विकासकै शिलशिलामा थिए भन्ने स्मरण गराए । ‘केही दशकअघि विकसित मुलुकको हालत पनि हाम्रै जस्तो थियो, उनीहरूले...बाँकी अंश →

बुटवल-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। नेपालले जारी गरेको नयाँ नक्शाअनुसार नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान उनले भारत सरकारलाई आग्रह गरेका हुन्। बुटवलमा प्रेस संगठन नेपाल रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँग यसबारे औपचारिक वार्ताको तयारी भैरहेको बताए। परराष्ट्रमन्त्री...बाँकी अंश →

काठमाडौं- सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन बिहीबार काठमाडौं उपत्यकामा भित्रने संख्या ४ हजार ७५ जना छ भने बाहिरिनेको संख्या पाँच हजार ३ सय ३३ रहेको छ। यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने/बाहिरिनेको संख्या भने न्यून छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९...बाँकी अंश →

जनकपुरधाम-कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर...बाँकी अंश →
काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। अन्य नजिकका जिल्लामा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: