बिहिबार, १५ चैत २०८०

लामो दुरीका सवारी चलेको पहिलो दिन: काठमाडौं भित्रने ४०७५, बाहिरिने ५३३३

१ आश्विन २०७७, बिहीबार २१:५२ मा प्रकाशित

काठमाडौं- सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन बिहीबार काठमाडौं उपत्यकामा भित्रने संख्या ४ हजार ७५ जना छ भने बाहिरिनेको संख्या पाँच हजार ३ सय ३३ रहेको छ। यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने/बाहिरिनेको संख्या भने न्यून छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९ सय ४९ जना उपत्यका भित्रिएका छन् भने एक हजार ४ जना बाहिरिएका छन्।

करिब छ महिनापछि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन्। गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter