०५ चैत २०८२

मुख्य खबर

केयर फ़ाउन्डेशनको नयाँ कार्यकारिणी समिति सभा सुसम्पन्न

काठमाडौँ- केयर फ़ाउन्डेश्नको नयाँ कार्यकारिणी सभा कार्यालयको सभाहलमा आज सुसम्पन्न भएको छ । नेपाल औषधि लिमिटेड का महा प्रबन्धक श्री सफिउल्लाह को प्रमुख आथित्यमा कार्यक्रमको शुभारम्भ गरियो । फ़ाउन्डेश्नका नयाँ अध्यक्ष अनवर अलि शाहले उपस्तिथ पद अधिकारीहरु बोर्ड सदस्यहरु लाई स्वागत गरि नेपाल औषधि लिमिटेड का प्रबन्धक मा निउक्त भए...बाँकी अंश →


अन्ततः नेकपा विभाजित, कानुनी औपचारिकता बाँकी

काठमाडौँ- कम्युनिष्ट पार्टीको टुटफुट र विभाजनको दुःखदायी शृङ्खला रोक्ने अठोटका साथ एक भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः दुई चिरामा विभक्त भएको छ। यद्धपि यसले कानुनी औपचारिकता पाउन भने बाँकी छ। नेकपा नेताहरुको दाबीअनुसार ७० वर्षपछि रचेको इतिहास ३० महिनामै भताभुङ्ग भएको हो। मगंलबार अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →


ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको भेलाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटएको छ। उनको ठाउँमा माधवकुमार नेपाललाई नियुक्त गरिएको छ। बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।...बाँकी अंश →


सरकारविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन

काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। पार्टीका नेताहरू देशका विभिन्न ठाउँमा भएका विरोध प्रदर्शनलाई सम्बोधन गरिरहेका छन्। काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ। काठमाडौंको विरोध प्रदर्शन रत्नपार्कस्थित शान्तिवाटिकामा गएर विरोध सभामा परिणत भएको छ। त्यसअघि उक्त प्रदर्शन सरकार तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाउँदै पुतलीसडक, कमलादी,...बाँकी अंश →


नेपालबाट विद्युत् लैजान भारतको अनिच्छा, भइसकेको सहमतिबाट पछाडि हट्यो

काठमाडौँ–वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका बेला ल्याउने नेपाली अधिकारीहरुको प्रस्तावमा भारतले आलटाल गरेको छ। गत शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरको आठौं बैठकले इनर्जी ब्यांकिङ र विद्युत् व्यापारसम्बन्धी नेपालको मुख्य सरोकारमा ठोस सहमति गरेन। बरु, भारतीय पक्ष यसअघि गरिसकेको सहमतिबाट समेत पछाडि हटेको छ। यसले नेपालको विद्युत्...बाँकी अंश →


मध्यपहाडी राजमार्ग निर्माणको काम कछूवा गतिमा

दैलेख– पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ । आयोजनाले सडकको सबै पूर्वाधारको तयारीपश्चात् विसं २०७३ देखि मात्रै कालोपत्रेका लागि ठेक्का खोलिएको दैलेख खण्डमा पर्ने १२५...बाँकी अंश →


खुल्न थाले विद्यालय, यसरी पढाइँदैछ विद्यार्थी

काठमाडौँ– कोरोना कहरले बन्द भएका विद्यालय क्रमश: खुल्न थालेका छन् । बजारी क्षेत्रमा अनलाइनमा आधारित कक्षा सञ्चालन गरिएपनि सबै विद्यार्थीको पहुँच नपुग्दा अनलाइनबाट गरिने पठनपाठन प्रभावकारी भएको थिएन् । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा विद्यालय सञ्चालनमा आएका छन्। भौतिक उपस्थितिमा नै कलेज र विश्वविद्यालय तहका परीक्षाहरु समेत सञ्चालन...बाँकी अंश →


कसैले पनि साहाराविहिन भएँ भन्नु पर्दैन, राज्य छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि साहाराविहिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए । अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा भएको उल्लेख गर्दै उनले सबै नागरिकको साथमा सरकार...बाँकी अंश →


विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ

काठमाडौँ– भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी गरेका छन् । उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने बताए । उनले आफू पहिले पनि काठमाडौँ आएको बताउँदै विदेशसचिवको हैसियतले यो पहिलो भ्रमण रहेको बताए । उनले नेपाल भारत...बाँकी अंश →


रत्नपार्कको नाम फेर्ने निर्णय सच्याउन सरकारलाई कमल थापाको चेतावनी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्। ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगीनी...बाँकी अंश →


बन्दुकधारीहरुले नाइजेरियाको मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

अबुजा – नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ...बाँकी अंश →


१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ  । प्रधानमन्त्री निवास बालुवाटारमा करिव डेढ घण्टा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि बैठक सार्न दबाब दिएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter