०३ चैत २०८२

मुख्य खबर

नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, २१ असार (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गर्नुभएको छ । मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग आज भएको टेलिफोन वार्तामा उहाँले उक्त आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ...बाँकी अंश →


नेपालको आधुनिकीकरणमा कोइरालाको योगदान

काठमाडौँ, २१ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा रामशरण महत नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान नेता गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको...बाँकी अंश →


निर्वाचन आचारसंहितापछिका राजनीतिक नियुक्ति खारेज

काठमाडाँै, २० असार (रासस) ः मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय,...बाँकी अंश →


माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको...बाँकी अंश →


पुनःनिर्माण लाभग्राहीको संख्या ८ लाख माथि, प्रबलीकरणमा ५२ हजार

काठमाडौँ, २० असार (रासस) ः भूकम्पपछिको पुनःनिर्माण लाभग्राही आठ लाख सात हजार ४८६ र प्रवलीकरण लाभग्राहीको संख्या ५२ हजार ५४ पुगेको छ । गुनासोबाट थप १९ हजार ४७१ लाभग्राही थपिएसँगै कुल पुनःनिर्माण गर्नुपर्ने घरधुरीको संख्या आठ लाख नाघेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको विश्लेषण...बाँकी अंश →


क्रान्ति पूरा हुनै बाँकी – वैद्य

काठमाडौँ, २० असार (रासस) ः नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताउनुभएको छ । जनक्रान्तिका महान् शहीद परिवार समाज नेपालले शहीद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उहाँले भन्नुभयो, “दश वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको...बाँकी अंश →


विदेशबाट फर्केका आठ उद्यमी सम्मानित

काठमाडौँ, १८ असार (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ । विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताउनुभयो ।...बाँकी अंश →


गंगामायाको मुद्दा द्वन्द्वकालीन समयको घटनासँग जोड्न मिल्दैनः डा कोइराला

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भन्नुभयो, “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई...बाँकी अंश →


पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी

पोखरा, १८ असार (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको...बाँकी अंश →


आर्थिक विधेयक बहुमतले पारित

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कर घटाउन, बढाउन र छुट दिन आवश्यक भएकाले सो विधेयक ल्याइएको हो । बैठकमा सांसद दुर्गा पौडेल, भरतकुमार शाह,...बाँकी अंश →


कार्यान्वयन भएन सामूहिक जमानीको ऋणको व्यवस्था

काठमाडौँ, १८ असार (रासस) ः भूकम्पपीडितलाई घर पुनःनिर्माण गर्न सहज होस् भनी सरकारले सामूहिक जमानीमा रु तीन लाख ऋण दिने नीति बनाएको दुई वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०७३÷२०७४ को बजेट वक्तव्यको बुँदा नं २५ मा भूकम्पपीडितको घर निर्माणका लागि थप रु तीन लाख सामूहिक जमानीमा...बाँकी अंश →


लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस गोलबद्ध हुनुपर्ने

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काँग्रेसले पुनःएक पटक अधिनायकवाद र स्वतन्त्र प्रेसको अधिकारका लागि लड्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पनासमेत गर्न नसकिने विचार राख्नुभयो । काँग्रेसका सचेतक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter