लमही, २६ चैत ,, दाङको नाका क्षेत्रका प्रहरी चौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ । नेपालका कुनै पनि सीमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरी चौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् । नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला...बाँकी अंश →

भक्तपुर, २६ चैत ,, महानगरीय प्रहरी बृत्त थिमिले अपहरणमा परेका एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चावहिलका २९ वर्षीय रमेश लामा, काठमाडौँ महानगरपालिका–१ का ३२ वर्षीय धनलाल श्रेष्ठ र...बाँकी अंश →

काठमाडौँ, २६ चैत ,, उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा आमूल सुधार गरिनुपर्नेमा जोड दिनुभएको छ । नेपालको लामो शैक्षिक इतिहास बोकेको जुद्धोदय माध्यामिक विद्यालयको ‘८० औँ विशेष वार्षिकोत्सव समारोह’लाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामुदायिक विद्यालयको शिक्षालाई...बाँकी अंश →

खार्तुम, २६ चैत ,, सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन्...बाँकी अंश →

रोल्पा, २६ चैत ,, जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको...बाँकी अंश →

काठमाडौँ, २६ चैत ,, अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्,...बाँकी अंश →

डोटी, २६ चैत ,, आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो । एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा...बाँकी अंश →

सियोल, २६ चैत ,, दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन् २०२१ सम्ममा निःशुल्क गर्ने गरी आगामी शैक्षिक...बाँकी अंश →

बाँके, २६ चैत ,, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने...बाँकी अंश →

जेरुसलेम, २६ चैत ,, इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुँदैछ । चार पटक प्रधानमन्त्री रहिसक्नुभएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा हुनुहुन्छ । भ्रष्टाचारको आरोपका कारण विवादमा तानिनुभएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ ।...बाँकी अंश →

काठमाडौँ, २६ चैत ,, राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको बताएको छ । आयोगले ती जिल्लामा गरेको अनुगमनमा त्यहाँका नागरिकले राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुँदै मानवअधिकारको उपभोगमा अझै पनि चुनौती कायम रहेको पाइएको आयोगका सचिव वेद भट्टराईले...बाँकी अंश →

गौशाला, २६ चैत ,, महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । इस्लाम धर्मअनुसार बालक शेषको गए...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: