आइतबार, २३ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा, ३० फागुन  ,,  वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता...बाँकी अंश →


सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

परासी, २९ फागुन ,,  पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण...बाँकी अंश →


बृहत् सामाजिक सुरक्षा कार्यक्रम

गाईघाट, २८ फागुन ,,  उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर...बाँकी अंश →


कुष्ठरोगको समयमा उपचार नहुँदा अपाङ्ग बन्दै

ललितपुर, २७ फागुन ,,   कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् । समयमै उपचार गर्दा शरीरको कुनै पनि भाग नबिग्रने भए पनि उपचारका लागि बिरामी ढिलो अस्पताल पुग्दा बिरामी अङ्गभङ्ग हुने आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । यो रोगको उपचारमा ढिलाइ...बाँकी अंश →


मर्मत भएनन् अस्पतालका उपकरण

बाँके, २७ फागुन ,,  पश्चिम नेपालका सरकारीमध्ये नेपालगन्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ । तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरु बिग्रिएपछि बनाउनेतर्फ अस्पतालले ध्यान नदिँदा बिरामी चर्काे मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् । पश्चिम नेपालकामध्ये भेरी अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा...बाँकी अंश →


अस्पतालमा उपकरणको अभाव

जाजरकोट, २७ फागुन ,,  जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभयो । पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको...बाँकी अंश →


एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २७ फागुन ,,  ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो...बाँकी अंश →


प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना

पर्वत, २७ फागुन  ,,  गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो । पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै...बाँकी अंश →


पटक पटक म्याद थप्दा पनि खानेपानी आयोजना अधुरै

बनेपा, २७ फागुन ,,  काभ्रेपलाञ्चोकको तीनवटा नगरपालिका (बनेपा, धुलिखेल र पनौती) बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत छ वर्ष अगाडि शुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नहुने भएको छ । २०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ...बाँकी अंश →


गाउँगाउँमा घुम्ती स्वास्थ्य शिविर

जुम्ला २६ फागुन ,, जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ । हिमा गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत...बाँकी अंश →


राप्ती प्रतिष्ठानले वृद्धि गरेको सेवा शुल्क हटाउन निर्देशन

काठमाडौँ, २६ फागुन ,, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन, नियमन तथा एकरुपता कायम गर्न छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउन सिफारिश गरिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ समस्या अध्ययन गर्न गठित समिति’ले सरकारलाई सो सुझाव दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप आवश्यक बजेट...बाँकी अंश →


विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

रत्ननगर, २६ फागुन ,,   विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । यो उपकरणबाट एचपिभी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter