शनिबार, ०५ जेठ २०८१

प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना

२७ फाल्गुन २०७५, सोमबार १०:५२ मा प्रकाशित

पर्वत, २७ फागुन  ,,  गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।

पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित १२ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकार मातहत रहेका पर्वतका दुई प्राथमिक स्वास्थ्यचौकीसहित जिल्लाभरका सबै स्वास्थ्यचौकी, स्वास्थ्य कार्यक्रम कार्यालयले सञ्चालन गर्ने भएको छ । कार्यालयले स्थानीय तहमा रहेका स्वास्थ्य एकाइसँग समन्वयको कामसमेत गर्ने बताइएको छ ।

प्रमुख मनोहर विश्वकर्मा पौडेलले सबै स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रावह गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढाउन नसक्दा नागरिकले निजी संस्थामा महँगोमा उपचार गर्न बाध्य भएको बताउँदै समुदायको विश्वास जित्दै स्वास्थ्य संस्थाप्रतिको आकर्षण बढाउन जरुरी छ भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter