शनिबार, २९ बैशाख २०८१

शिक्षा

शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

भीमदत्तनगर, २५ असार  ,,  कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिनुभयो । “यसअघि सो...बाँकी अंश →


शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने ः मन्त्री पोखरेल

काठमाडौँ, २३ असार ,,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो ।...बाँकी अंश →


प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री

काठमाडौँ, २३ असार  ,,  नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु...बाँकी अंश →


उच्च शिक्षा पढ्न बाहिर जाने क्रम घट्यो

चितवन, २० असार  ,,  उच्च शिक्षा पढ्न जिल्ला छाडेर जाने क्रम घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रवेशिका उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरु अधिकांश राजधानी काठमाडौँ, पोखरालगायका शहरमा अध्ययनका लागि जाने गर्दथे । शिक्षाविद् रमाकान्त सापकोटाका अनुसार प्रवेशिका उत्तीर्णपछि विद्यार्थी स्वतन्त्र हुन चाहन्थे । अभिभावकले त्यसैलाई मलजल गर्ने हुँदा मुख्यरुपमा...बाँकी अंश →


विदेशको अनुभव र पुँजी स्वदेशकै होटल व्यवस्थापन शिक्षामा

काठमाडौँ, २० असार  ,,  मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा कमाई र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास...बाँकी अंश →


सावधान : वनको च्याउमा विष हुन सक्छ

चितवन, २० असार  ,,  मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी...बाँकी अंश →


स्थानीय तहमा करीब साढे चार लाखको आवेदन

काठमाडौँ, १८ असार   ,,  स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख...बाँकी अंश →


एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

भक्तपुर, १८ असार  ,,  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षा तालिका सार्वजनिक गर्दै ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसीटको प्रतिलिपी राखी शिक्षा...बाँकी अंश →


अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

विराटनगर, १८ असार   ,,   विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२...बाँकी अंश →


चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो । चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले...बाँकी अंश →


विद्यार्थीलाई राष्ट्रिय सेवा तालीम

जाजरकोट, १८ असार  ,,  राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको छ । ‘राष्ट्रिय सेवा दल तालीम’ नाम दिइएको सो प्रशिक्षणमा यहाँका त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा र शिव माध्यमिक विद्यालय कालेगाउँका ७२ विद्यार्थी...बाँकी अंश →


फिर्दौस गर्ल्स कलेजको समुद्घाटन सम्पन्न (फ़ोटो फिचर)

आज कपिलवस्तुको महाराजगंज शान्तिनगर स्थित फिर्दौस गर्ल्स कलेजको उद्घाटन मुस्लिम आयोगका अध्यक्ष समीम मियां अंसारिले गरेका छन । फ़ोटो :अख्तर हुसैनबाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter