आइतबार, ३० बैशाख २०८१

आर्थिक

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

विदुर, २० भदौ  नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ । विसं २०२१ मा...बाँकी अंश →


घरवासको आर्कषण आलुका परिकार

गलकोट, २० भदौ      बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा घरवास (होमस्टे) मा आलुका अनेक परिकार बन्छन् । जुन परिकारले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु...बाँकी अंश →


कोरियाले उपत्यकाको पुनःनिर्माण र स्मार्टसिटी विकासमा सहयोग गर्ने

काठमाडौँ, २० भदौ  दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्टसिटी बनाउनका लागि सहयोग गर्न लागेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण तथा स्मार्टसिटी निर्माणका लागि...बाँकी अंश →


जग्गामा महिलाको स्वामित्व बढ्दै

सल्यान, २० भदौ  सल्यानमा घर जग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दै गएको छ । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरुको स्वामित्व बढ्दै गएको हो । महिला, दलितलाई घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा...बाँकी अंश →


पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति

काठमाडौँ, १८ भदौ  एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले लगानी...बाँकी अंश →


प्राथमिकताको क्षेत्रमै बजेट न्यून

फिदिम, १९ भदौ  सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त रहेको पाइएको छ । पाँचथर र ताप्लेजुङलाई माछा, मासु, अण्डा र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने सरकारी नीति रहे पनि पशुपक्षीको व्यावसायिक पालन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र...बाँकी अंश →


स्याउ बारीबाटै ढुवानी गरिने

बाजुरा, १९ भदौ  कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो । बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको...बाँकी अंश →


कोदोको बीउ पाउनै मुस्किल

बैतडी, १९ भदौ  पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ ।...बाँकी अंश →


आलेख ः सीमावारि निगरानी, पारि बालविवाह

बाँके, १८ भदौ    बाँके, १८ भदौ (रासस) ः “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो ।...बाँकी अंश →


धान बालीमा रोग

लमही, १८ भदौ  जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । “गबारो रोगले धान बाली सखाप पार्न थाल्यो”, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका कमला वलीले भन्नुभयो । धान बालीमा...बाँकी अंश →


भुक्तानी नपाएसम्म काम गर्न नदिने चेतावनी

मेलम्ची, १८ भदौ  मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका...बाँकी अंश →


तीन वर्ष बित्दा पनि बनेन पुल

दमौली, १८ भदौ  तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो । म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter