सोमबार, १७ बैशाख २०८१

श्रम तथा रोजगार

कृषकलाई हाते ट्याक्टर वितरण

गोरखा, ६ फागुन,,   गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रमअन्र्तगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ...बाँकी अंश →


अब देशका युवा बेरोजगार बस्नु पर्दैन–मन्त्री विश्वकर्मा

भक्तपुर, २ फागुन (रासस): युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उहाँले भन्नुभयो, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट...बाँकी अंश →


अधिकारबारे सचेत बनाउन मजदुरलाई प्रशिक्षण

रुपन्देही, १ फागुन  ,,   पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाडौँ, कपिलवस्तु,...बाँकी अंश →


एभोकाडोसम्बन्धी व्यावसायिक तालीम

चिप्लेढुङ्गा, १८ माघ  ,,   देशभित्रै स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यले ‘एभोकाडोको व्यावसायिक खेती तथा नर्सरी व्यवस्थापन’ विषयक तालीम शुरु भयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो तालीममा प्रदेशका आठ जिल्लाका ३५ जना सहभागी रहेको छ । बिहिवार तालीमको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री नरदेवी पुनले हरेक युवाले...बाँकी अंश →


केबलकारले मजदुरलाई रोजगारी दिने

पर्वत, १८ माघ  ,,   पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र...बाँकी अंश →


अस्पतालमा चिकित्सक अभाव

अमरगढी, १७ माघ  ,,   डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो । चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदा तथा काज सरुवामा जाने...बाँकी अंश →


प्रदर्शनीमा कृषक पुरस्कृत

मङ्गलबारे, ३ माघ  ,,  इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । फलपूmल बालीतर्पm एभोकार्डोेमा माईजोगमाई गाउँपालिका–४ का...बाँकी अंश →


खेतीयोग्य जमीनमा सिँचाइ अभाव

बैतडी, २ माघ  ,,  बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षा याममा मात्र खेती गर्ने गरेका छन्् । भिरालो जमीनमा ओसिलो पन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदे याममा किसानका...बाँकी अंश →


टिम्बर कर्पाेरेशनद्वारा ३२७ प्रतिशत बोनस सेयर प्रदान

काठमाडौँ, ३० पुस  ,,   पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पाेरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो । वन तथा...बाँकी अंश →


नार्कमा कर्मचारी अभाव

गोदावरी, ३० पुस ,,  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो...बाँकी अंश →


साठी वर्षमा खुल्यो ‘ट्रयाक’

कावासोती, २९ पुस (रासस) ः नवलपरासीको अरुणखोला, दमार हँुदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढा“ड’को सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ । विसं २०१५ सालबाट गाउ“गाउ“मा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार, हँुदै बस मित्याल पुगेपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन्...बाँकी अंश →


महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्ने प्रतिबद्धता

ललितपुर, ९ पुस,, खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै उहाँले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter