२९ मंसिर २०८२

धर्म / संस्कृति

चौरचन पर्व मनाइँदै

जनकपुरधाम, १६ भदौ  ः मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिल समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ । ज्योतिषशास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल...बाँकी अंश →


तीज र चौँठचन्द्र पर्व एकसाथ

पोखरा, १६ भदौ    पतिको दीर्घायुका लागि हरितालिका तीज पर्व र तराईका मैथिल समुदायले आज चौँठचन्द्र पर्व मनाइरहेका छन् । तिथिको समयमा थपघट भएका कारण भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीज र भाद्रशुक्ल चतुर्थी तिथिमा मनाइने चौँठचन्द्र पर्व आज एकै दिनमा पर्न गएको हो । धार्मिक एवम् सांस्कृतिक पर्वका...बाँकी अंश →


शिवालयमा भक्तजनको भीड

भक्तपुर, १६ भदौ  महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर,...बाँकी अंश →


पशुपतिनाथमा दर्शनार्थीको भिड

काठमाडौँ, १६ भदौ  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न...बाँकी अंश →


चाडपर्वले राष्ट्रिय एकता सुदृढ ः मुख्यमन्त्री गुरुङ

कास्की, १६ भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार साँझ शुभकामना सन्देश प्रकाशन गरी उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा विभिन्न जातजाति तथा...बाँकी अंश →


तीज प्रतियोगिताको उपाधि सगरमाथालाई

नेपालगञ्ज, १६ भदौ  नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो...बाँकी अंश →


पशुपतिमा तीजको तयारी पूरा

काठमाडौँ, १५ भदौ  यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम...बाँकी अंश →


भ्रमण वर्ष सफल पार्न पदयात्रा

गलकोट, १५ भदौ  ‘पर्यटन पूर्वाधारको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ बागलुङमा एकदिने बृहत् पदयात्रा गरिएको छ । बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धन गरी नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नका लागि बृहत् पदयात्रा गरिएको हो । पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनका लागि...बाँकी अंश →


थारू समुदाय अटवारी पर्व मनाउँदै

कञ्चनपुर, १५ भदौ  ः दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी साँझ...बाँकी अंश →


‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

धनगढी, १५ भदौ  पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागतरुपमा मनाइने गरिन्छ । चौधरी डगौरा समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले...बाँकी अंश →


मुक्तिनाथमा बढ्दै लगानी

मुक्तिनाथ (मुस्ताङ), १४ भदौ  झण्डै चार दशक अघि २०३८ सालमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दीकी उमादेवी भट्टराई मुक्तिनाथको दर्शनका क्रममा त्यहाँस्थित रानीपौवामा बस्नुभयो । “हामी दशैँको बेला पारी गएका थियौँ”, आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ठाउँ ठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो ।” उक्त समयमा तीर्थयात्री अधिकांशले खाने कुराका साथै ओढ्ने...बाँकी अंश →


अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर, १३ भदौ  कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter