शनिबार, २२ बैशाख २०८१

धर्म / संस्कृति

सामुदायिक अस्पताल निर्माण हुने

सुर्खेत, २९ पुस,, कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने...बाँकी अंश →


गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

पोखरा, २९ पुस,,  पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन...बाँकी अंश →


पाण्डवका देवल जीर्ण बन्दै

अमरगढी, २७ पुस,, उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी...बाँकी अंश →


थारूबस्तीमा माघीको रौनक

दाङ, २५ पुस,,  युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न...बाँकी अंश →


कुलुङ जातिको महान् पर्व चाक्चाकुर

सोलुखुम्बु, १६ पुस,, कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरुपमा मनाउने गर्छन् । चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो...बाँकी अंश →


तमु ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस,,  पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा...बाँकी अंश →


सभामुख महरा– शुभकामना

काठमाडौँ, १५ पुस,, सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि...बाँकी अंश →


सङ्कटमा लोक संस्कृति

गलेश्वर, १० पुस,,  रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजा लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पाश्चात्य गीत÷सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुजस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल,...बाँकी अंश →


एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

भक्तपुर, ८ पुस,, मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो । दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि...बाँकी अंश →


परम्परागत नेपाली बाजा लोप हुँदै

गलेश्वर ८ पुस,,  रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी...बाँकी अंश →


उधौलीको शुभकामना–मुख्यमन्त्री राई

उधौलीको शुभकामना–मुख्यमन्त्री राई विराटनगर, ७ पुस,,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले उधौलीजस्ता...बाँकी अंश →


गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

वालिङ, २ पुस,,  लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ । तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताउनुभयो । “प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter