शनिबार, ०५ जेठ २०८१

धर्म / संस्कृति

गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

काठमाडौँ, २२ वैशाख  ,, लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ...बाँकी अंश →


मच्छिन्द्रनाथको रथारोहण आइतबार

ललितपुर, २० वैशाख  ,,  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने भएको छ । हरेक वर्ष वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ । यही वैशाख ७ गते कृष्ण प्रतिपदाको दिन लगनखेलको डबलीमा राखेर...बाँकी अंश →


बुद्ध जयन्तीको तयारी शुरु

२५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यस पटक जेठ ४ गते परेको बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले विभिन्न समिति गठन गरेर तयारी थालेको हो । बुद्ध जयन्तीको तयारीका लागि...बाँकी अंश →


भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

लमही, १६ वैशाख ,,  आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”,...बाँकी अंश →


भीमसेन मन्दिरको पुनःनिर्माण शुरु

काठमाडौँ, ८ वैशाख ,,  पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । आफ्नो ठाउँको सम्पदा आफैँले बनाऔं भन्ने उद्देश्यले पुनःनिर्माण थालिएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले जनाएको छ । भूकम्प गएको झण्डै चार वर्षपछि स्थानीयवासीको अग्रसरतामा अहिले तीन तले सो मन्दिरको माथिल्लो भाग भत्काउने काम भइरहेको छ...बाँकी अंश →


रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर, ६ वैशाख ,,  भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर...बाँकी अंश →


तेमाल जात्रामा भक्तजनको भीड

काठमाडौँ, ६ वैशाख ,, दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी...बाँकी अंश →


विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा

डोल्पा, ३ वैशाख ,, हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन् । नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन् । विश्वमा दिनप्रतिदिन बढिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक...बाँकी अंश →


सिन्दुरले रंगियो मध्यपुर थिमि

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो । थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै...बाँकी अंश →


मारवाडी महिलाले मनाए गणगौर पर्व

सप्तरी, २८ चैत ,, आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । गणगौर पर्वमा राजविराजसहित सप्तरीको हनुमाननगर,...बाँकी अंश →


मिथिलाञ्चलमा आजदेखि चैतीछठ शुरु

वीरगञ्ज, २५ चैत ,, मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ ।...बाँकी अंश →


कृष्णनगर नगरपालिका वडा नं.१०औरहवा मा फैजान ए गफूर शाह कान्फ्रेन्स सम्पन्न

शहबाज खान,कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१०औरहवा मा फैजान ए गफूर शाह कान्फ्रेन्स सम्पन्न। औरहवा गाउ का नवयुवक वर्ग हरु ले यस नगरपालिका क्षेत्र र समाज को पहिचान को लागि कान्फ्रेन्स को आयोजना गरेको आयोजक समिती का अध्यक्ष सादिक हुसेन ले बताएका छन्। उक्त कार्यक्रम मा नेपाल र मित्र राष्ट्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter