बुधबार, २६ बैशाख २०८१

..राजनीतिक एजेण्डा बनाउने पक्षमा काँग्रेस

माेहम्मद जाकिर हुसैन

२ पुष २०७५, सोमबार ११:२८ मा प्रकाशित

 

बिमलेन्द्र निधिले समाजवादी व्यवस्थामा हिन्दू राष्ट्रकाे वकालतलाई उपयुक्त हुँदैन भन्नुभयाे । शंकर भण्डारीहरूले उनलाई झम्टिनै खाेजे । सशांङ्क काेइरालाले लगातार हिन्दू राष्ट्रकाे कुरा बाेल्दै अाएका थिए । तर, महासमिति बैठककाे राजनीतिक प्रतिवेदनमा त्यस्ताे केही अाएन ।

एक वर्षअघि नागरिक दैनिकमा “गगन थापा र काँग्रेस” शीर्षककाे लेखमा मैले यही विषयकाे सेराेफेराेमा कुरा उठाएकाे थिएँ । अागामी महाधिवेशनमा याे विषय नै काँग्रेसकाे मूल एजेण्डा हुने भन्ने कुरा उठाएका थिएँ मैले । महाधिवेशनसम्म याे विषय राजनीतिक दस्तावेजमा अाउँछ भन्ने अहिले पनि लाग्छ मलाई । यद्यपि अहिले नै याे सम्भव त छैन । कृष्णप्रसाद सिटाैलाहरू धर्मनिरपेक्षताकाे पक्षमा छन् । हस्ताक्षर अभियान केही नेताहरूकाे अान्तरिक राजनीतिक स्टण्ट मात्र हाेला ।

काँग्रेससँग राजनीतिक एजेण्डा छैन । कमल थापाहरूसँग पैंचाे लिएर काम चलाउनु काँग्रेसका वैचारिक नेताहरूकाे बाध्यता हाे । वैचारिक नेता शंकर भण्डारीले केही विचार पस्केकाे मात्र हाे ।

सुशिल काेइराला प्रधानमन्त्री भएकाे बेला नेकपा (एमाले), एनेकपा (माअाेवादी), राप्रपासमेतकाे जाेडबलबाट वर्तमान संविधान जारी भएकाे थियाे । काँग्रेसले भाषणहरूमा र लेखन अभ्यासमा पनि सुशिल काेइरालाकाे नाम जाेडेर यसकाे मूल श्रेय लिन खाेजेकाे पनि हुन्छ । यस संविधानका उपलब्धिहरूमा समाजवाद उन्मुख अर्थतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, सहभागितामूलक समावेशी लाेकतन्त्र र सामाजिक न्यायलाई ब्याख्या गरिंदै अाएकाे छ । काँग्रेसका नेताहरूले संविधानमा यही बुझेर नै हस्ताक्षर गरेका थिए ।

संविधान जारी भएकाे तीन वर्ष मात्र पुगेकाे बेला संविधानकाे मुख्य उपलब्धिकाे रूपमा रहेकाे “धर्मनिरपेक्षता” लाई हटाएर “सनातन वैदिक हिन्दू राष्ट्र” काे पक्षमा काँग्रेसका नेताहरूकाे प्रचारबाजीलाई प्रतिक्रान्तिकाे प्रारम्भकाे रूपमा लिनै पर्छ । मूलत: राजनीतिक एजेण्डाबिहीन पार्टीलाई एजेण्डामा ल्याउन खाेजिएकाे हाे कि कसैकाे इसारामा दक्षिण एसियामा शक्तिशाली बन्दै गएकाे कम्युनिष्ट अान्दाेलनलाई राेक्न राजा र उसका मतियार कमल थापाहरूलाई एकीकरणमा ल्याउन खाेजिएकाे हाे, याे छलफलकाे विषय हाे । राजा महेन्द्रले २०१९ काे संविधानमा हिन्दू राष्ट्र नै लेखिदिए । २०४७ सालमा मूलत: काँग्रेसकै दम्भमा हिन्दू संवैधानिक राजतन्त्र भनियाे । याे पहिलेबाटै मलजल हुँदै झांगिएकाे व्यवस्था थियाे । अहिले

कमल थापाकाे राजनीतिक व्यक्तित्व कमजाेर छैन । उनकाे हिन्दू राष्ट्रकाे राजनीति सदाबहार त रह्याे तर फस्टाउन सकेन । भारतमा धर्म विशेषकाे नारामा काम गर्न खाेज्ने भारतीय जनता पार्टी (भाजपा) काे गिरावट ताजा समाचारमा छ । यसबाट काँग्रेसले पाठ सिक्न नसकेकै हाे कि कुरा अरू नै छ ?

नेपालकाे सन्दर्भमा धर्मनिरपेक्षता र गणतन्त्रबीच अन्याेन्याश्रित सम्बन्ध पनि छ । हिन्दू राष्ट्र र राजतन्त्र सगाेलकाे विषय बनेकाे छ । याे कमल थापाले बनाएर बनेकाे हाेइन, याे एकीकृत नेपाललाई असली हिन्दुस्तान बनाउने चाहना राखेकाे पृथ्वीनारायण शाहले नै बनाएर गएकाे विषय हाे । २०१९ काे संविधानमा राजा महेन्द्रले हिन्दू राष्ट्र लेखेर पूर्खालाई कूत बुझाए भने २०४७ काे संविधानबाट काँग्रेसकाे दम्भमा हिन्दू संवैधानिक राजतन्त्र संस्थागत हुन पुग्याे । याे निरन्तर मलजल भइरहेकाे छ । अर्थात् धर्मनिरपेक्षता फ्याँकिनुकाे अर्थ राजतन्त्रसमेतकाे हिन्दू राष्ट्रकाे स्थापना गर्नु हाे ।

काँग्रेसका धेरै नेताहरू लामाे समयदेखि यसकाे लागि कसरत गरिरहेका झन् । खुमबहादुरदेखि शंकर भण्डारीसम्मकाे धेरै
लामाे पंक्ति छ यस अभियानमा ।

तर, के याे सम्भव छ त? असम्भव त न हाेला । तर, सजिलाे भने छैन । यसलाई हटाउन ठूलाे अान्दाेलन चाहिन्छ । ठूलाे राजनीतिक उथलपुथल चाहिन्छ । संसदमै पनि दुई तिहाई बहुमत चानचुने कुरा हाेइन । र, अाजकाे काँग्रेसकाे पक्षमा जनता सडकमा जाने मूडमा पनि छैनन् ।

काँग्रेस नैतिक रूपमा झ्वाट्टै याे मुद्दा दस्तावेजमै लैजाने अवस्था छैन । राजनीतिक स्टण्टसम्म हुने हाे । तर, काँग्रेसकाे भाेलिकाे मुद्दा याे हुन सक्छ । काँग्रेस नैतिकताकाे राजनीतिमा अब लामाे समयसम्म टिक्न सक्दैन । किनकि ऊसँग सैध्दान्तिक राजनीतिक एजेण्डा छैन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter