बिहिबार, २० बैशाख २०८१

रोजगारीको वातावरण स्वदेशमै बनाऔँ ।

शमशाद आदिल

२७ आश्विन २०७५, शनिबार १३:४७ मा प्रकाशित

 

नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवतीहरू अर्को देशमा कमाउनको लागि जाने गर्दछन।आफ्नो देशमा राम्रो काम न पाएर अथवा मिहेनत अनुसार परिश्रमिक तलब न हुनाले युवा हरू बैदेशिक रोजगार तिर आकर्षित हुदै गएका छन ।बिदेशिएका युवाहरू मध्ये ७० प्रतिशत तराई बासी हुन्छन ।७५ प्रतिशत माध्यमिक शिक्ष भन्दा कम पढ़े लेखेका हुन्छन भने ६३ प्रतिशत अधक्ष,१४ प्रतिशत अर्धदक्ष ,१२प्रतिशत प्राविधिक तालीम हासिल गरेका र एक प्रतिशत उच्च दक्षता प्राप्त गरेका युवा युवती हरू बिदेश गई राखेका छन । यो अवस्था अत्यंत चिंता जनक रहेको छ ।

हाम्रा युवाहरू सक्षम भएता पनि बिदेशमा आफ्नो कला,साहस प्रदर्शन गर्न नसक्नाले क्षमता विपरीत कार्य गर्नुमा बाध्य भएका छन।फलस्वरूप रोजगारमा आत्म सन्तुष्टि पाएका छैनन।
यदि चौतर्फी रूप सबैको युवाहरू लाई स्वरोजगार व्यवस्थापन गर्न गराउन तिर ध्यान पुगेन भने भविष्यमा समाजिक द्वन्द उत्पन्न हुनु को साथै विभिन्न विकृति विसंगती हरु जन्मन्छन र राष्ट्र नै पूर्णतः पर-निर्भर हुन पुग्दछ ।यस बिषयमा चेतनामुलक कार्यक्रम ल्याउनु को साथै राष्ट्रीय स्तर ब्यापक रूपले बहस हुन जरूरी रहेको छ।युवा हरू लाई स्थानीय स्रोत साधनमा आधारित रहेर ग्रामीण उद्योग तथा ग्रामीण रोजगारको बेवस्थापन गर्नु वाहेक अरु कुनै बिकल्प छैन।युवा हरू बिदेसिदै जाँदा हाम्रो अर्थतंत्र संकटमा पर्न सकने संकेत भई रहेको छ ।हालै अर्थमन्त्रालयको तथ्यांक अनुसार गत वर्ष ब्यापार घाटा ९ खर्ब ९अरब रुपैया पुगेको छ। हाम्रा छिमेकी मुकुक हरूले हामी भन्दा पछि स्वतन्त्र भएता पनि हाम्रो देशको अर्त्तन्त्र भन्दा सयौँ गुणा ठुलो स्तम्भ कोरी बिश्वमा नै अर्थ धनि देशमा आई रहेका छन ।
..
रोजगार, व्यापार जस्ता बिषयमा बर्ष
पिच्छे नयाँ नयाँ नारा हरू कार्यक्रम हरू सार्वजनिक भएता पनि उपलब्धि न्यून रहेको छ ।नेपाल मा स्वरोजगार व्यवस्थापन गर्न,राष्ट्रीय स्तर देखी नै व्यवहारीक रूपले ब्यापक आह्वान गर्नु पर्छ ।जनता हरु लाई ग्रामीण स्तरमा उद्योग हरू संचालन गर्न सहजता प्रदान गर्नु पर्दछ ।जनता हरू लाई ग्रामीण स्तरमा उद्योग हरू संचालन गर्न इजाजत प्रदान गर्नु का साथै सीपमुलक तालीम हरू दिने माहौल बनाउनु पर्छ ।

स्थानीय स्रोत हरूलाई उपयोग गर्न युवाहरुले पहिचान गर्नु पर्दछ ।विदेसिने हरू लाई सीपमुकल ब्यवसायिक तालीम दिनु पर्छ ।जनताहरु लाई आत्मनिर्भर,स्वावलम्बी बनाउन को लागि स्वयम जनताहरुले लगानी गर्न सक्नु पर्दछ ।

यहां लगानी कर्ताहरूको कमी छ गाउँ घरमा चार/पांच लाख लगानी गर्नु कुनै ठुलो कुरा होइन ।लगानी गरेर नै सामूहिक औद्योगिक रोजगारको सृजना हुन्छ।बिकसित मुलुक हरुमा ठुलो लगानी गर्न सक्ने हरुको संख्या बढ़ी हुनाले नै उनीहरुको आर्थिक स्थितिमा सुधार आएको छ र हामी ऊनिहरूको ग्राहक बन्न विवश भएका छौं ।

नोट:-

मदन भण्डारी मेमेरियल कोलेजमा २०७४/८/१०मा प्रकाशित भएको शमशाद आदिलको प्रथम लेख ।

#पूरानो लेख

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter