आइतबार, २३ बैशाख २०८१

“नेपालको राष्ट्रियता र नेताहरू “

योगेन्द्र घीसिंग पूर्व सभासद।

९ भाद्र २०७५, शनिबार २२:३९ मा प्रकाशित

ठूलो देसको अाशीर्बाद पाउन नेपाली नेताहरु मरिहत्ते गर्छन् ।भारतको चाकडीमा ईतिहास बितिदै अाएकोछ।अहिले चिनसंगको निकटताको लालसा पनि कहिलेकाही देख्दै नअाएको होइन  । नेपाली सताको रिमोट ;भारत अाफ्नो हातमा लिईरहन चहान्छ ।जतिसुकै बिभिन्न बादको खोल अोढ्न खोजे पनि अन्ततःसबै  भारतको ईसाराबाट चल्दै अाएकोछ।जुन ईष्ट ईन्डिया कम्पनी संग नेपाली शासकहरुले अारम्भ गरेको निरभर्ता निरन्तरता भन्न सकिन्छ ।
जनता जान्न चाहन्छन, राजाहरु कति राष्ट्रबादी थिए? विपी र पुष्पलाल कति राष्ट्रबादी हो ? हालका नेपाली नेताहरु कति राष्ट्रबादी छन? कति अात्मनिर्भर राजनीति गर्दै अाएकाहरु हुन ? विदेशी राष्ट्र भारत -चिन-अमेरिका -बेलायत वा रसिय अादि संग सम्बन्ध अबस्था के छ? झन नेपाल त अान्तरिक बहुराष्ट्रिय मुलुक हो ।यो प्रति हालका नेताहरु के रवैया लिईरहेका छन? नेपाली जनताले सोच्न -बुझ्न र विश्लेषण गर्न जरुरी छ।
हाल जनताको युग-मानव अधिकारको चरम बहस छ।तर ठूला -ठूला देसमा मन्द बीस बोकेका सम्राटहरु पदर्पण भएको देखिन्छ ।भारतीय प्रधानमन्त्री -मोदी अन्य बिगतका प्रम भन्दा फरक छन।उनको नेपाल भ्रमणहरुमा सैन्यबलको तैनाथी र अोली जि प्रतिको ब्यबहारले नेपाल मुसा अनि अाफु बिरोली भएको सन्देश दिए।चिन संगको दोक्लाम बिबाद ; कासमीर झडपहरु बिर्सन नमिल्ने परिघटनाहरु हुन।त्यस्तै  पश्चिमी देसहरु संगको संयुक्त सैन्य अभ्यासले पनि नसम्राटको पहिचान खोजेकै देखिन्छ ।


चीनका राष्ट्रपति सि जिन पिङले झन त्यहाँका ईतिहास बदली गरेका छन।उनलेे चिनियाँ जनकाग्रेसबाट सि जिनपिङ बिचार धारा लागू गर्दै छन।त्यहाँका संविधानमा दस बर्षे राष्ट्रपति कार्यकाल हटाएर अधिकार केन्द्रीकृत गरेको छ।अब ऊ सिल्क रोड र भारत-चिन र नेपाल वनप्लास रणनीतिक योजनाबाट बढिरहेको पाईन्छ ।
रसियाको राष्ट्रपति भ्लादमिर पुटिनको 20 अौ बर्षा देखिको सता र सिरिय लडाइँमा खेलेकाे भुमिका बाट ऊ शक्तिशाली सम्राट् बनिसकेका छन।अमेरिकी राष्ट्रपति डोनल ट्रमको अमेरिकी राष्ट्रवाद पर्खाल योजना र कोरिया र ईरान रबैया हेर्न लायकको नै छ।अफगानिस्तान र इराकी भुमिको लुछचुडीमा विश्व थकित र मौन बनाएको छ।अब नेपाली नेता र जनताले नबसम्राटहरुको चालबाजी र स्वार्थ बुझ्न जरुरी छ।विश्व शक्ति केन्द्रको प्रभाब र असर नेपाली राजनीति र सरकारमा जसरी पनि पर्दछ।यसमा सबै नेपाली चनाखो र जगरुक भईरहनु पर्छ।
नेपाली नेताहरु अान्दोलन र चुनावमा जनताको सामु राष्ट्रियताको ठूला ठूला भाषण गर्छन् ।सतामा पुगे पछि ठुला राष्ट्रको मनोकंक्षा अनरुप चल्ने र उपचारको बाहनामा विदेशमा धाउदै विश्वास दिलाउने प्रयास  गर्छन।विपी-पुष्पलालले समेत राष्ट्रियता बारे बिश्वब्यापी छलफल गर्ने अबसर जुटेन र पाएनन् ।राजाहरु अाफ्नो सिंहसान जोगाउन मात्र चिन्तित भए कति राजाको खेलमैदानबाट बिदा भए।
सिङ्गो देसको सिमा सुरक्षा ; देस बिकासमा सिधा सिधा छलफल बहस गर्ने तागत नेपाली नेतामा भेटिदैन।नेपाली राष्ट्रियता बारे सबै राजनीतिक दल र नागरिक समाजलाई एक ठाउँमा उभ्याउने अभ्यास नहुनु विडम्बनापूर्ण मान्नुपर्छ ।नेपाली जनजाति -मधेसी -मुस्लिमको अन्तरिक राष्ट्रियता बारे सुन्न नचाहने शासकहरु हाबी बनिरहेको छ।अन्तयमा अन्तर्राष्ट्रिय जगतमा नेपालीको राष्ट्रिय गौरब बढाउन अत्यन्तै अाश्यक छ। राष्ट्रिय एकता र अान्तरिक राष्ट्रियता मजबुत बनाउने अभियानमा सचेत नेपालीहरुको एकता दबाब अहिलेको प्रथामिकता र जरुरी  हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter