शुक्रबार, २१ बैशाख २०८१

 मुुलुक बनाउने कार्यमा युवाहरु जुटौं ।

अख्तर अलि खान

१० असार २०७५, आईतवार ११:२८ मा प्रकाशित

 

नेपालको आर्थिक स्तिथी कमजोर र बेरोजगारीको कारणले नेपाली युवाहरू विदेसिन बाध्दय भऐका छन्। जबकी नेपाललाई विकसित देश बनाउनको लागी यी नै युवाहरूको जागरूकता र लगनशीलताको अवश्यकता छ।
“गाई हरियो घाँस जहाँ देख्छ, त्यहीँ चर्न जान्छ” भनेझैँ विश्वव्यापीकरणले खुला गरेको रोजगारीको विश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविष्य देख्छन् युवापिँढी त्यतै पलायन हुनु स्वाभाविकै पनि हो । दैनिक पन्ध्र सय जनाको हाराहारीमा नेपाली युवा विदेशिने गरेको तथ्याङ्कले पनि यो कुरा प्रस्ट्याउँछ । धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो बेरोजगारी, बेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता र राजनीतिप्रति विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यावहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् ।
दुई प्रतिशत मात्रै नेपाली विदेशी भूमिमा अलिकति सम्मानित जीवन बिताउन सफल भएका छन् । बाँकी ठूलो हिस्साले त्यहाँ पनि जोखिम नै मोलिरहेको छ । त्यो मिहिनेत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना नभएकै कहाँ हो र ? देश बदल्न सक्ने क्षमता हामीसँगै छ । बाटो बिगारेर हिँडेका शक्तिलाई खबरदारी गर्दै स्वदेशमा सम्मानित जीवन बिताउन सक्छौँ । आवश्यक परेको खण्डमा राज्यको ढोका ढक्ढकाउनुपर्छ तर प्रवेशआज्ञाका लागि लाम लागेर राष्ट्रियताको कुरा नगरौँ ।

नेपाली युवामा अपार प्रतिभा भए तापनि नेपाली युवालाई यी पुराना नेताहरूले नेतृत्व दिनबाट वञ्चित गरिरहेका छन् । भनिन्छ, भूतबाट अनुभव लिई वर्तमानलाई सुधारी भविष्य बनाइन्छ । तर हाम्रा देशका नेताहरू भूतलाई नै प्राथमिकता दिन्छन् किनभने तिनीहरू परिवर्तनसँग डराउँछन् र भन्छन्– जस्तो चलिरहेको छ, त्यस्तै चल्न दिनुपर्छ । किनकि ती वृद्ध नेताहरू बढीभन्दा बढी १०/१५ वर्ष मात्र बाँच्छन् । त्यसैले तिनीहरू परिवर्तन चाहँदैनन् र हामी युवालाई अगाडि बढ्न पनि दिंदैनन् । तर हामी युवालाई १५/२० वर्ष मात्र बाँच्नु छैन, हामीसँग अहिले धेरै समय बाँकी छ । राष्ट्र बनाउने जिम्मेवारी हाम्रो भएकोले हामी युवा किन निस्क्रिय र मौन बसेका छौं ?

कुनै पनि देश तब सम्म विकसित हुदैन जब सम्म राजनितीमा युवाहरूको सहभागीता हुदैन देशलाई समृद्ध देश बनाउनका निम्ती देशका युवावर्गलाई राजनितीमा समेटनू नै पर्छ युवा वर्ग चाहे अनुसार देशको मुहार फेर्न सक्षम छन्।

दूधले पोलेको मानिस मही पनि फुकी फुकी खान्छ” तर हाम्रो मुलुकका युवाहरू बारम्बार राजनैतिक दलका नेताहरूबाट धोका पाएर र अवसरबाट वञ्चित भएर पनि आफ्नो व्यवहारमा सुधार ल्याउन सकिरहेका छैनन् ।

अहिले सचेत न भई कहिले हुने हो?
भोली का दिन मा हामी युवा वर्ग पनि बृद्ध मा जोडिनेछौ र हाम्रो यही जोश र जांगर हामी बाट टाडीनेछ अहिले हामी संग देश बनाउने जोश छ ,हामी संग क्षमता छ ,हामी लोभी छैनौ, हामीलाई कोई पनि किन्न सकदैनन् ,हामी ईमानदार छौ ,हामी ईमानदारी पुर्वक देशको विकासमा लागौं र अहिलेको जटील अवस्था लाई सहज बनाई देश को विकास गरौं।
यदि हामी सचेत भयौं भने मुलुकको मुहार फेर्न सक्छौं । बुबाले हलो चलाउनुभयो भने जरुरी छैन कि हामी पनि हलो नै चलाऔं । यदि हामीसँग योग्यता छ र सक्षम छौं भने देश पनि चलाउन सक्छौं ।

अख्तर अली खान
कपिलवस्तु-2 यशोधरा

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter