सोमबार, ३१ बैशाख २०८१

कोरियामाथि स्विडेनको संघर्षपूर्ण जीत

५ असार २०७५, मंगलवार १३:३३ मा प्रकाशित

निज्नी /एजेन्सी

फिफा विश्वकप फुटबलमा स्विडेनले दक्षिण कोरियामाथि संघर्षपूर्ण जित निकालेको छ । निज्नीस्थित नोभोगोरोड स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्विडेनले एसियाली राष्ट्र दक्षिण कोरियामाथि १–० को संघर्षपूर्ण र महŒवपूर्ण जित निकालेको हो । स्विडेनलाई जिताउन कप्तान आन्द्रियस ग्रान्कभिस्टले पेनाल्टीमार्फत गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने मौका पाए पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

स्विडेनले कोरियामाथि पटक–पटक आक्रमण गरे पनि कोरियाका डिफेन्डर र गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दा स्विडेन निराश बनेको थियो । तर, ६५औं मिनेटमा स्विडेनले पेनाल्टीको मौका पायो । जसमा कप्तान चुकेनन् । दक्षिण कोरियाका खेलाडीले डी–बक्समा विपक्षी खेलाडीलाई लडाएपछि रेफ्रीले (भिडियो एसिस्टेन्ट रेफ्री) भारको मद्दतमा स्विडेनलाई पेनाल्टीको मौका दिएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि गोल गर्न नसक्दा स्विडेन १–० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

कोरियामाथिको महŒवपूर्ण जितसँगै स्विडेनले समूह ‘एफ’मा महŒवपूर्ण ३ अंक जोड्न सफल भएको छ । यो समूहमा मेक्सिकोले पनि ३ अंक जोडेको छ । मेक्सिकोले विश्वविजेता जर्मनीलाई १–० ले पराजित गरेको थियो ।

स्विडेन र मेक्सिकोले महŒवपूर्ण ३ अंक जोडेसँगै विश्वविजेता जर्मनीलाई दोस्रो चरण प्रवेश निकै कठिन देखिएको छ । अंकविहीन जर्मनी तेस्रो तथा कोरिया यो समूहमा चौथो स्थानमा छन् । अहिलेको अवस्थामा समूह ‘एफ’ सबैभन्दा रोमाञ्चक देखिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter