शनिबार, १५ बैशाख २०८१

नासिरले जापानमा बनाए नयाँ राष्ट्रिय कीर्तिमान

७ श्रावण २०८०, आईतवार २०:०४ मा प्रकाशित

काठमाडौं- नेपाली पौडी स्टार नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भइरहेको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन्।

फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले नासिरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको जानकारी दिए।  नासिरले ४ सय मिटिर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन्। यस अघि नासिलको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयमो किर्तिमान कायम थियो ।

नासिरले उक्त किर्तिमान  असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका थिए। अब  भोली  (सोमबार) नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter