आइतबार, ३० बैशाख २०८१

जर्मनीविरुद्ध ‘अप्रत्यासित’ ऐतिहासिक जीत हासिल गरेपछि मेक्सिकोमा खुसियाली

४ असार २०७५, सोमबार १२:४० मा प्रकाशित

मेक्सिको . १८ जुन / ४ असर

जर्मनीविरुद्ध ‘अप्रत्यासित’ ऐतिहासिक जीत हासिल गरेपछि मेक्सिकोमा खुसियाली को लहर बनेको छ, साबिक विजेता जर्मनी लाई हराउनबित्क्कै मेक्सिकोले  जशनका रूप् लिएका छन्

 

मेक्सिकोका समर्थकहरु मेक्सिको झण्डा र पारम्परिक ‘सोम्ब्रेरो’ टोपी लगाएर मेक्सिको सिटीमा रहेको चर्चित एन्जल अफ इन्डिपेन्डेन्स मोनुमेन्टमा जम्मा भएका थिए । जहाँ उनीहरुले देशको फुटबल एन्थम मानिने ‘सिएलिटो लिन्डो’ र ‘प्रिटी लिटल स्काई’ गाएका थिए ।

मेक्सिको सिटीको  ठूलो मुख्य स्क्वेयरमा पूरै परिवारनै मेक्सिकन फुटबल जर्सी लगाएर ठूलो स्क्रीनमा फुटबल हेर्न जम्मा भएका थिए । जब मेक्सिकोका हिरविंग लोंजानोले ३५ औँ मिनेटमा गोल गरे । तब सर्मथकहरु उफ्रीन थाले ।

 

मेक्सिकोको भूकम्पमापन केन्द्र इन्सिटिच्युट अफ जियोलोजिकल एटमोसफेरिक इन्भेस्टिगेसनका अनुसार सहरका दुई स्थानमा खेलको ३५ औँ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको थियो । उनीहरुले यसलाई ‘कृत्रिम भूकम्प’ भनेका छन् ।

लामो समय देखि विश्वकपमा लगातार अन्तिम १६ बाट बाहिरिएको मेक्सिकोले पुरानो छविलाई मेटाएको छ । सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो ।

सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । पहिलो पटक १९५४ मा च्याम्पियन बनेको जर्मनीले १९७४, १९९० र अन्तिम पटक २०१४ मा जितेको थियो । साविक विजेताकोरुपमा जर्मनीले रुसमा सबै टोलीलाई चुनौती पेश गर्नेमा दुई मत छैन । टिम फर्माट, र टिम गेममा सधैँ राम्रो मानिने जर्मनी यो पटक पनि त्यस्तै लयमा देखिएका छन् ।

१८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सफल टिम हो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ । मेक्सिको, समूह चरणको पहिलो खेलमा जर्मनी जस्तो बलियो टिमको सामना गर्नु मेक्सिकोको प्रमुख चुनौती बनेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter