काठमाडौं / रास– चलचित्र ‘यो पागल मन’को रिलिज मिति तय गर्दै ट्रेलर ल्याइएको छ । आगामी २९ असारबाट यस चलचित्रलाई रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ ।

मंगलबार राजधानीमा एक समारोहबीच यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा दुई युवती र एक युवकबीचको प्रेम सम्बन्धले ल्याउने आरोहअवरोह देखाइएको छ । यो पागल मनलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् । वीरेन्द्रकुमार यादव र कल्याणले निर्माण गरेको चलचित्रमा विनोद न्यौपाने, ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनीष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवरलगायतको अभिनय छ ।

सामीप्यराज तिमल्सिनाको पटकथा एवं संवाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, शम्भु सापकोटाको छायांकन, अनिल गौतमको सम्पादन, कमल राईको नृत्य निर्देशन र राजु किरातको द्वन्द्व निर्देशन छ ।