शनिबार, १५ बैशाख २०८१

मोरङको थारु ड्रेसमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा, भन्छिन्, ‘भवनको डिजाइन बनाउन गएँ, थारुको संस्कृति सिकेर आएँ’

२२ आश्विन २०७७, बिहीबार १६:०४ मा प्रकाशित

काठमाडौँ-पुर्वमिस नेपाल श्रृंखला खतिवडा मोरङको थारु भेषभुषामा सजिएकी छिन्।

पूर्वीको मोरङको ग्रामथानमा पुगेकी उनले मोरङको थारु संस्कृति र व्‍यवहार बुझ्‍नको थारुको ड्रेस परिहिरएर सजिएकी हुन।

 

उनले मोरङ्गनी थारुनीले लगाउन ड्रेस अचरा-खर्का लगाएकी छिन् भने चाँदीबाट बनेको गहनाहरु हौसली, रानीले लगाउने ‘चनर हार’ र मनटीका लगाएकी छिन्।

यसका साथै सोही ड्रेसमा सजिएकी श्रृंखलाले शिशुलाई काखमा लिएकी छिन् भने ग्रामथानका वृद्धा आमाहरुसँग भलाकुसारी पनि गरेकी छिन्।

 

यस्तै उनले थारु परिकारहरु ओलको तरकारी, बगिया, घोङ्ही र गंगटोको स्वाद लिएको बताइन्।  उनले देश सञ्चारसँग कुरा गर्दै भनिन्, ‘ पूर्वी मोरङको ग्रामथानमा म मानव सेवा आश्रम र जेष्ठ नागरिक आश्रमको भवनबारे डिजाइनको लागि त्यहाँ पुगेकी थिए। तर त्यहाँ आदिवासी थारुहरुको ठूलो गाउँ रहेछ। मलाई उनीहरुको रहन-सहनबारे बुझ्न मन लाग्यो। मैले ग्रामथानमा चिनेको थिएँ। उहाँकै घरमा यो थारु ड्रेस लगाउने मौका पाएँ र थारु परिकारको पनि स्वाद चाख्न पाए।’

यस्तै उनले थारुहरु समुदायमा ट्याटु(थारु भाषामा खोदहा)बारे पनि जानकारी लिएको बताइन्। उनले भने, ‘ नेपालको तराइमा बसोबास गर्ने सबैभन्दा पुरानो जाति थारु समुदायमा ट्याटु बनाउने चलन रहेछ। विभिन्‍न आकारमा फूल बुट्टा पनि हजुरआमाहरुले बनाउनु भएको थियो। त्यही बारेमा पनि बुझ्ने मौका पाए। निक्कै फरक र रोमान्चक लाग्‍यो। उहाँहरुले परम्परादेखि नै आफ्नो कला र संस्कृति जोगाएर राख्‍नु भएको रहेछ।’

बालबालिकालाई उनले मोरङको थारु भाषामा कुरा गर्दै गीत गाउन र नाच्‍न लगाएकी छिन् भने हरियो खेतको नजिकै साइलकमा तस्बिर समेत खिचाएकी छिन्।

उनले ट्विटरमा लेखेकी छिन्, ‘ग्रामथान, मोरङमा केही हप्तादेखि यस्तै दृश्यसँग काम गर्दैछु।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter